राजनीतिक अधिकार माग गर्दै समलिंगी तेश्रोलिंगी

20130915_144803

काठमाडौं,  भदौ ३० – कसैप्रति रिस उठेको छ भने समलिंगी तेश्रोलिंगी जस्तो भनेर गाली गरिन्छ । खुलेर आएका समलिंगी तेश्रोलिंगीलाई दुरव्यवहार गरिन्छ । अनि खुल्न चाहने कसरी खुल्ने ? म खुलेर मुर्ख भए । बुझ्नेले मलाई यही समाजको सदस्य भन्लान भने नवुझ्नेले के भन्लान कसरी थाहा हुन्छ र ?

काठमाण्डौमा भएको कार्यक्रममा किन सबै समलिंगी तेश्रोलिंगी खुल्न चाहदैनन भन्ने प्रश्नको मार्मिक जवाफ दिदै थिए नील हिरा समाजका संस्थापक अध्यक्ष एवं पूर्व सभासद् सुनिलवावु पन्त । ६ सय १ सदस्यीय विघठित संविधान सभामा पन्त एक्लो समलिंगी सभासद् थिए । नेपालमा मात्रै होइन एसिया क्षेत्रमै समलिंगी व्यक्ती सभासद् हुने पन्त पहिलो हुन् ।
हामी त समलिंगी तेश्रोलिंगी बुझ्दैनथ्यौ, सुनिलवावु पन्तले बुझाउनु भयो, समलिंगी तेश्रोलिंगीलाई चिनाउनु भयो, नेकपा एकीकृतका महासचिव परि थापाले भने ः शुरुमा जुन भ्रम थियो, चार बर्ष सुनिलवावुको संगतले सबै भ्रम अन्त्य भयो । नील हिरा समाजले भावी संविधान सभामा लैङ्गिक अल्पसंख्यक समूदायका मुद्धा र राजनीतिक दलको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य विन्दा पाण्डेले समलिंगी तेश्रोलिंगीको अधिकार आफू सभापति भएको मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको मस्यौदा लेखिएको बताइन । पाण्डेले समलिंगी तेश्रोलिंगी रोजगारीको पाउने अधिकारबाट बञ्चित हुनु नपर्ने भन्दै अन्तराष्ट्रिय श्रम संगठन आइएलओमा समेत उजुरी गर्न सकिने बताइन ।
पाण्डेले पहिचान अनुसारको नागरिकता पाउन र रोजगारीमा समान अवसर सिर्जना गर्न आफ्नो दलले पहल गर्ने बताइन । नेकपा एकीकृतका महासचिव परि थापाले अधिकार लिनका लागि खुलेर अगाडि आउनु समलिंगी तेश्रोलिंगीलाई सुझाव दिए । नेपाली काँग्रेसका युवा नेता शंकर तिवारीले काँग्रेसले संविधान सभा चुनावको घोषणा पत्रमा महिला र पुरुषको नामबाट नागरिकता लिएर समलिंगी तेश्रोलिंगीलाई विशेष व्यवस्था गरेर पहिचान अनुसारको नागरिकत दिनु पर्ने उल्लेख गरेको बताए ।

???????????????????????????????

नेविसंघका केन्द्रीय सदस्य लाओस राईले अधिकार लिनका लागि समलिंगी तेश्रोलिंगी खुलेर आउनु पर्ने बताए । राप्रपा नेपालका राजाराम श्रेष्ठले कोही पनि अधिकार विहिन हुन नहुने वताए । नेकपा माओवादीका प्रतिनिधिले आन्दोलनबाट मात्रै अधिकार लिन सकिने वताए ।
नील हिरा समाजका संस्थापक एवं पूर्व सभासद् सुनिलवावु पन्तले राजनीतिक दलले समलिंगी तेश्रोलिंगीको मुद्धा आफ्नो पनि मुद्धा हो भनेर अगाडि बढाउन आग्रह गरे । अहिले सम्म नील हिरा समाजले समलिंगी तेश्रोलिंगीको मुद्धा उठाउँदै आएको छ, यसमा दलहरुले पनि सहयोग गर्नु पर्छ पन्तले भने ः सामाजिक मुद्धा राजनीतिक मुद्धा बनोस ।
पन्तले आसन्न संविधान सभा चुनावमा मतदान गर्दा समलिंगी तेश्रोलिंगीका लागि छुट्टै लाइनको व्यवस्थाका लागि निर्वाचन आयोगमा पहल गरिदिन आग्रह पनि गरे । उनले विगत बर्षमा समलिंगी तेश्रोलिंगीका लागि बजेट विनियोजन हुँदै आएपनि अहिले शुन्य भएको बताउँदै राज्यले गरेको विभेद अन्त्य गर्न पनि दलहरुले सहयोग गर्नुपर्ने वताए ।

By bluediamondsociety

Leave a comment