क्यालिफोर्नियामा समलिंगी विवाहका लागि कानुनी बाटो खुल्यो, नेपालमा पहल जारी

Bibah

असार १३ -अमेरिकाको सर्वोच्च अदालतले क्यालिफोर्नियामा समलिंगी विवाहलाई कानुनी बाटो खोलिदिएकोमा यौनिक तथा लैंगिक अल्पसंख्यकको मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय आयोगले खुसी व्यक्त गरेको छ । आयोगका कार्यकारी निर्देशक जेसिका स्टर्नले ऐतिहासिक दिन भन्दै अमेरिकी सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो । Continue reading

Advertisements
By bluediamondsociety

इयुको घोषणाले समलिङ्गी तेश्रोलिङ्गीलाई कानुनी रुपमा बलियो बनाउन सहयोग गर्ने

EU

काठमाण्डौ  असार १२ – यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार आफ्नो विदेश नीतिकै एउटा महत्वपूर्ण पाटो भएको यूरोपेली युनियन (इयू) को घोषणाको समलिंगी तेश्रोलिंगीको मातृ संस्था नीलहिरा समाजले स्वागत गरेको छ । विदेशस्थित कुटनीतिक नियोग र विकास परियोजनामा लैंगिक अल्पसंख्यकका मुद्दालाई समेट्ने इयूको घोषणालाई समाजले सकारात्मक भनेको छ । Continue reading

By bluediamondsociety

जनचेतनामुलक कार्यक्रम लिएर समलिङ्गी तेश्रोलिङ्गी गाउँ गाउँ पुग्ने

blue-diamond-society-logo

राज चौधरी/ धनगढी  असार १० – समलिङ्गी तेश्रोलिङ्गीको मातृ संस्था नील हिरा समाज गाउँ गाउँमा पुग्ने भएको छ । देशका ५३ वटा शहरमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकका बारेमा जनचेतना मुलक कार्यक्रम संचालन गर्दै आएको समाज अव गाउँ गाउँ पुग्न लागेको हो । गाउँ गाउँ पुग्ने कामको शुरुवाट विकासका हिसावले पछाडि परेको भनिएको सुदुरपश्चिममा रहेको नील हिरा समाजले गाउँ गाउँमा पुगेर जनचेतना मुलक कार्यक्रम संचालन गर्न लागेको हो । Continue reading

By bluediamondsociety

समलिङ्गी तेश्रोलिङ्गीलाई च्याउ खेती तालिम

blue-diamond-society-logo

सुमित पौडेल /भैरहवा  असार ९ -समलिङ्गी तेश्रोलिङ्गीको मातृ संस्था नील हिरा समाजले राज्यका कुनै पनि निकायमा प्रतिष्पर्धा गर्नबाट विमूखलाई स्वरोजगार बनाउने प्रयत्नलाई निरन्तरता दिदै आएको छ । नील हिरा समाजका देशका ५३ वटा शहरमा रहेका शाखा कार्यालयले समलिङ्गी तेश्रोलिङ्गीलाई स्वरोगार बनाउने प्रयत्न जारी राखेको हो । Continue reading

By bluediamondsociety

समलिङ्गी तेश्रोलिङ्गी माथि हुने भेदभाव अन्त्य गरौ

Picture6

इन्दिरा न्यौपाने / बारा  असार ९- नील हिरा समाजको शाखा कार्यालय बारा कलैयाले समलिङ्गी तेश्रोलिङ्गी माथि हुने भेदभाव अन्त्य हुनुपर्नेमा जोड दिएको छ । कलैयाको सिद्धेश्वर माविमा व्लू हेभेन नेपालले गरेको सास्कृतिक एवं अन्तरक्रिया कार्यक्रममा समलिङ्गी तेश्रोलिङ्गीले आफूमाथि हुने भेदभाव एवं लाञ्छना अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन् । Continue reading

By bluediamondsociety

एचआइभी संक्रमितका नाममा आएको १८ करोड झ्वाम पार्ने प्रयास

IMG_20130102_140804

काठमाण्डौं  असार ६ -राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रले सम्झौता अनुसारको रकम नदिएको भन्दै यौनिक तथा लैङ्गिक अल्पसंख्यकले केन्द्रमा धर्ना दिएका छन् । एचाआइभी संक्रमितका लागि कार्यक्रम गर्न विश्व बैंकले रकम दिएपनि स्वास्थ्य मन्त्रालयले १० महिनादेखि रकम निकासा नगरेकोले धर्ना दिएको नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले बताउनु भयो ।  Continue reading

By bluediamondsociety

एचआइभी संक्रमितको विचल्ली

HIV adis

काठमाडौं असार ५ आलटाल र झारा टार्ने काम खोज्न अन्त जानु नपर्ने भएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्र टेकू पुग्दा सरकारी कार्यालयले नागरिकलाई दिने सेवाको प्रष्ट तस्विर देखिन्छ । केन्द्रका निर्देशक बालकृष्ण सुवेदी कार्यालय समयमा कहिले भेटिदैनन् । उनका सहयोगीसँग जो पुगे पनि दिने रेडिमेड जवाफ छ उहाँ विहानै आउनु भएको अव छ बजेतिर आउनु हुन्छ । तपाई १० बजे पुगेपनि सहयोगीले दिने जवाफ यही हो । कता जानु भएको हो भनेर सोध्नु भयो भने त्यसको जवाफ सहयोगीसँग रेडिमेडनै छ ः मिटिङमा जानु भएको छ । के सुवेदी सरको नम्वर दिन मिल्छ होला ? सहयोगी भन्छन् ः खोइ हामीलाई पनि थाहा छैन । Continue reading

By bluediamondsociety

तेश्रोलिंगीलाई पहिचान अनुसारको राहदानी दिने कानुन निर्माण गर्न आदेश

Court

काठमाडौं (पहिचान) जेठ २८ – सरकारले पहिचान अनुसारको नागरिकता दिन परिपत्र जारी गरेको ५ महिनापछि समलिङ्गी तेश्रोलिङ्गीले आफनो पहिचान अनुसारको राहदानी लिन पाउने कानुन निर्माणको बाटो खुलेको छ । पहिचान अनुसारको नागरिकता पाएपनि राहदानी लिन नपाएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा सर्वोच्चले पहिचान अनुसारकै राहदानी वितरण गर्ने कानुनी व्यवस्था गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।  Continue reading

By bluediamondsociety

अधिकारका लागि सामूहिक दवाव दिन समलिङ्गी तेश्रोलिङ्गीलाई केसीको सुझाव

Arjun kc

जेठ २४- नेपाली कांगे्रसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले समलिङ्गी तेश्रोलिङ्गीको अधिकारका लागी सामूहिक दबाब दिन सुझाव दिनु भएको छ । राजनीतिक तथा कानूनी अधिकार प्राप्तीका लागी सामूहिक दबाव आबश्यक रहेको भन्दै केसीले संगठित भएर सरकारलाई दबाब दिन सुझाव दिनु भएको हो ।
समलिङ्गी तेश्रोलिङ्गीको मातृसंस्था नील हीरा समाजका कार्यकारी निर्देशक सुनिल बाबु पन्तको नेतृत्वमा शुक्रबार बिहान केशी निबास काठमाडौं बानियाटार पुगेको समाजको टोलीसंग कुरा गर्दै केन्द्रिय सदस्य केसीले आगामी संविधानसभाको निर्वाचनमा आफ्नो पार्टीबाट यौनिक तथा लैङ्गिक अल्पसंख्यकको प्रतिनिधित्वका लागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । Continue reading

By bluediamondsociety