काठमाडौं -यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता एवं पूर्व सभासद् सुनिल बाबु पन्त नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा परेका छन् । विश्वकै सर्वोत्कृष्ट पुरस्कार मानिने नोबेल शान्ति पुरस्कारमा मनोनयनमा परेका २ सय ७८ जना मध्ये पन्त पनि परेका हुन् । यो विधामा रसियाका इगोर कोचेकोभ, युगाण्डाबाट फ्रान्क मुगिसा, नेपालबाट सुनिलवावु पन्त र अन्तराष्ट्रिय लेसवियन, गे, बाइसेक्सुयल, ट्रान्स र इन्टरसेक्स एसोसिएसन परेका छन् ।नोबेल शान्ति पुरस्कारको आधिकारिक साइटमा यो वर्ष २ सय ७८ जनाको नाम सिफारिस भएको उल्लेख छ । कुनै पनि देशको सरकार, सांसदहरु, पुरस्कार पाइसकेका व्यक्ति, संस्थाले भने नोबेल पुरस्कारका लागि जो कोहीलाई पनि सिफारिस गर्न सक्छन् । त्यही सुविधा अनुसार यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेश्रोलिंगीको अधिकारका क्षेत्रमा विशेष योगदान पुर्याएकाले नर्वेका सभासद्हरुले नेपालबाट पन्तको नाम पुरस्कारका लागि मनोनयन गर्न सिफारिस गरेका हुन् । पुरस्कार आउँदो अक्टोवर महिनामा घोषणा गरिनेछ । Continue reading




