अधिकारी मिष्टर हेण्डसम, ऐतिहासिक क्षण भएको पन्तको भनाई

Biswa

काठमाडौं  कार्तिक १६ -दक्षिण एसियामा पहिलो पटक नेपालमा भएको मिष्टर हेण्डसम २०१३ अर्थात समलिंगी पुरुष सौन्दर्य प्रतियोगिताको उपाधी विश्वराज अधिकारीले जितेका छन् । मकवानपुर चुरियामाई गाविसका २४ बर्षका अधिकारीले १८ जना प्रतिष्पर्धीलाई पछि पार्दै समलिंगी पुरुष सौन्दर्य प्रतियोगिताको उपाधी जितेका हुन् । अधिकारीले ट्रफीसँगै १५ हजार रुपैयाँ नगद पुरस्कार पनि पाए । 
समलिंगी पुरुष सौन्दर्य प्रतियोगिताको फष्ट रनरअपको उपाधी अनुप श्रेष्ठ र सेकेण्ड रनरअपको उपाधी राहुल श्रेष्ठले पाए । अनुपले १२ हजार र राहुले १० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी पाए । यस्तै प्रतियोगितामा पार्सानालिटी तर्फ दीपु केसी, फ्रेण्डली तर्फ प्रिन्स राना र रेड रिवनको उपाधी युवराज चौधरीले पाए  । काठमाडौंमा भएको पुरुष सौन्दर्य प्रतियोगितामा पहिलो पटक समलिंगी पुरुषको पहिचान सहित १८ जनाले सहभागिता जनाएका हुन् ।

2
मेरो पहिचान मेरो गौरव भन्ने नाराका साथ भएको प्रतियोगितामा नील हिरा समाजका संस्थापक सुनिलवावु पन्तले सौन्दर्य प्रतियोगिता हुनु ऐतिहासिक क्षण भएको बताए । पन्तले समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन र विपरितलिंगी सरह समान व्यवहार गर्न प्रतियोगिता सहयोगी हुने बताए । पन्तले १८ जना प्रतिष्पर्धी सद्भावना दूत भएको बताउँदै लुकेर बस्नु पर्ने अवस्था छिट्टै अन्त्य हुनुपर्ने वताए । नील हिरा समाजले आयोजना गरेको प्रतियोगितालाई निरन्तरता दिइने संस्थापक पन्तले बताए ।

First

नील हिरा समाजका कार्यकारी निर्देशक सुदिप वहादुर सिंहले समलिंगी तेश्रोलिंगीलाई समाजले हेर्ने सोच बदल्न समलिंगी पुरुषको सौन्दर्य प्रतियोगिताले सहयोग गर्ने बताए । प्रतियोगितामा सहभागी समलिंगी पुरुषले यौन रोग र एचआइभी संक्रमणबारे जन चेतना जगाउने काममा आफूहरु लाग्ने बताए । मिण्टर हेण्ड सम प्रतियोगिताको उपाधी जितेका विश्वराज अधिकारीले अव लुकेर बस्नु पर्ने अवस्था अन्त्य गर्न लागिपर्ने बताउनु भयो । अधिकारीले लुकेर बसेका समलिंगी पुरुषलाई खुलेर अगाडि आउन अनुरोध समेत गरे ।

By bluediamondsociety

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s