खोइ त मलाई अधिकार नयाँ नेपालमा एल्वम बजारमा

काठमाडौं  साउन १६ समलिंगी तेश्रोलिंगीको कथा व्यथा र अधिकार प्राप्तीमा आधारित गिती एल्वम बजारमा आएको छ । तेश्रोलिंगी कलाकार श्याम राना (समिक्षा) को शव्द र स्वरमा गिती एल्वम बजारमा आएको हो । नेपालमा समलिंगी तेश्रोलिंगीको कथा व्यथा र अधिकारबारे गिती एल्वम बजारमा आएको यो नै पहिलो हो ।  Continue reading

By bluediamondsociety

समलिङ्गी तेस्रोलिङ्गीलाई संविधानसभामा प्रतिनिधित्व गराउने कोइरालाको वचन

bhumika1

काठमाडौ–१० साउन । नेपाली कांग्रेसको नेतृत्वले आगामी संविधानसभा अझ बढी समाबेशी चरित्रको हुने बताएका छन् । कांग्रेस सभापती सुशिल कोइराला र उपसभापती रामचन्द्र पौडेलले सबैका अधिकार सुरक्षित भएको संविधान बनाउनका लागी आफ्नो पार्टीले संविधानसभालाई समाबेशी बनाउने बताएका हुन् । Continue reading

By bluediamondsociety

“अन्य” उल्लेख गरेर बारामा पहिलो पटक अंशुले नागरिकता लिइन्

Photo-1563 - Copy

नरेश फुयांल–काठमाडौं–९ साउन । समलिङ्गी तेस्रोलिङ्गीहरु समाजमा खुल्नेक्रम बिस्तारै बढ्दै गएको छ । नील हिरा समाजले अधिकारका लागी आवाज उठाउदै सबै मानव समान हुन् भनेर वकालत गर्न थालेपछि यौनिक तथा लैङ्गिक अल्पसंख्यक खुल्नेक्रम बढेर गएको हो । Continue reading

By bluediamondsociety

समलिङ्गी तेस्रोलिङ्गीलाई केन्द्रमा पनि प्रतिनिधित्व गराउछौं : एमाले

नरेश फुयांल–काठमाडौं–८ साउन । नेकपा एमालेका नेताहरुले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई आगामी निर्वाचनमा समाबेश गरेर लैजाने बताएका छन् । प्रत्यक नागरिक तथा समुदायले राज्य रहेको अनुभुति गर्न पाउनु पर्ने भन्दै एमाले नेताहरुले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई आफ्नो पार्टीले निर्वाचनमा सहभागी गराउने बताएका हुन् । Continue reading

By bluediamondsociety

डिएसयुद्वारा समलिङ्गी तेस्रोलिङ्गीलाई राजनीतिक प्रशिक्षण

blue diamond society logo

नरेश फुयाल–काठमाडौं–५ साउन । राजनीतिक रुपमा सचेत गराउन डिएसयु (डेनमार्क सोसल डेमोक्रेटिक युथ) ले नेपालका समलिङ्गी तेस्रोलिङ्गी समुदायलाई चार दिने तालिम प्रदानगरेको छ । डिएसयु डेनर्माकमा समलिङ्गी तेस्रोलिङ्गी समुदायका क्षेत्रमा काम गर्दै आएको त्यहाको एक प्रतिस्टित संस्था हो । नेपालका समलिङ्गी तेस्रोलिङ्गीलाई राजनीतिक रुपमा सचेत हुन के गर्नु पर्छ भनेर उक्त संस्थाबाट आएका मिकिदम लारसेन र सिमोन माडसेनले तालिम दिएका हुन् । Continue reading

By bluediamondsociety

समलिङ्गी तेस्रोलिङ्गीलाई राजनीति बुझाउदै डिएसयु

नरेश फुयांल–काठमाडौं–४ साउन । समलिङ्गी तेस्रोलिङ्गी समुदायलाई राजनीतिक रुपमा सचेत गराउन डिएसयु (डेनमार्क सोसल डेमोक्रेटिक युथ) ले चार दिने तालिमको दिइरहेको छ ।

डिएसयु डेनर्माकमा समलिङ्गी तेस्रोलिङ्गी समुदायका क्षेत्रमा काम गर्दै आएको त्यहाको एक प्रतिस्टित संस्था हो । नेपालका समलिङ्गी तेस्रोलिङ्गीलाई राजनीतिक रुपमा सचेत हुन के गर्नु पर्छ भनेर उक्त संस्थाबाट आएका मिकिदम लारसेन र सिमोन माडसेनले तालिम दिइरहेका छन् । यस्तै नील हिरा समाजका दुर्गा थापा र बासु गुरागाईले पनि तालिम दिइरहेका छन् । Continue reading

By bluediamondsociety

आफ्नो समुदायको अवस्था बुझ्न नील हिरा समाज “रिसर्च” गर्दै

blue-diamond-society-logo

नरेश फुयांल– काठमाडौं–३१ असार । आफ्नो समुदायको आर्थीक, समाजीक, शैक्षिक तथा पारिवारिक अवस्था, एचआईभि एड्सको रोकथामका लागी गरिने उपचारसम्म आफ्नो समुदायको पंहुचबारे बुझ्न यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय आंफै कस्सिएका छन् ।जनसंख्या कति रहेको छ भन्ने यकिन तथ्याङ्गक आउने गरी सरकारले जनगणना समेत नगरेपछि असन्तुष्ट बनेका यौनिक तथा लैङ्गिक अल्पसंखयकले आफ्नो समुदायको आर्थीक, समाजीक, शैक्षिक तथा पारिवारिक अवस्थाबारे जानकारी लिन लागेका हुन् । Continue reading

By bluediamondsociety

‘ढुक्क हुनुहोस् समलिङ्गी तेस्रोलिङ्गीको प्रतिनिधित्व हुन्छ’

DSC09545

नरेश फुयांल काठमाडौ–२५ असार – नेकपा एमालेका सचिव विष्णु पौडेलले आशन्न संविधानसभाको निर्वाचनमा आफ्नो पार्टीले समाजका सबैपक्षलाई समेट्ने बताएका छन् । संविधानसभा नेपाली जनताको प्रतिनिधिहरुको साझा थलो भएको भन्दै उनले आगामी संविधानसभामा सबैको उपस्थिति रहेने दाबी गरे । Continue reading

By bluediamondsociety

आगामी संविधानसभा, समलिङ्गी तेस्रोलिङ्गीका अधिकार र सुनिलवावु पन्त

Sunil

नरेश फुयांल । केहि वर्ष अघिसम्म अप्राक्रितिक ब्यक्ति वा समुदायको संज्ञा पाएका समलिङ्गी तेस्रोलिङ्गीले विस्तारै अधिकार प्राप्त गर्न थालेका छन् । १८ औ शताव्दीसम्म समलिङ्गी तेस्रोलिङ्गीलाई मानसिक रोगी भनिन्थ्यो । समलिङ्गी तेस्रोलिङ्गीका अभियान्ताहरुको लामो संघर्ष र अन्तराष्ट्रिय संघसंगठनहरु साग चलाएको छलफल र बहसपछि यौनिक तथा लैङ्गीक अल्पसंख्यकहरुलाई सन् १९९० मे १७ तारिखका दिन विश्व स्वास्थ्य संगठनले मानसिक रोगीको सूचिबाट हटायो । त्यसपछि उनीहरुले अधिकार पाउन थाले । आफुहरु पनि बहुसंख्यक विपरित लिङ्गीहरु जस्तै प्राक्रितिक भएको पुष्टि विश्व स्वास्थ्य संगठनले गरिदिएपछि समलिङ्गी तेस्रोलिङ्गी समाजमा खुल्नेक्रम पनि बाक्लिन थाल्यो । Continue reading

By bluediamondsociety

एचआइभी संक्रमित समलिंगी तेश्रोलिंगीको ८० प्रतिशत रकम निकासा समलिंगी एचआइभी संक्रमणको जोखिममा

HIV

इन्दिरा न्यौपाने असार २०- राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रले एचआइभी संक्रमित समलिंगी तेश्रोलिंगीले पाउने मध्ये ८० प्रतिशत रकम निकासा गरेको छ । एचआइभी संक्रमितको हेरचाह, स्यारसुसार देखि जोखिम हुन नदिन चेतना मुलक कार्यक्रम संचालन गर्दै आएको समलिंगी तेश्रोलिंगी समूदायको संस्था नील हिरा समाजसँग सम्झौता गरेको केन्द्रले विगत १० महिनादेखि रकम निकासा गरेको थिएन ।रकम निकास नगर्दा ३ सय ५० जना समलिंगी तेश्रोलिंगीले १० महिनादेखि तलव पाउन सकेका थिएनन् । विहिवार समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता एवं विघठित संविधानसभाका पूर्व सभासद् सुनिलवावु पन्त केन्द्रको कार्यालयमा गएर धर्ना बसेपछि बाध्य भएर केन्द्रले सम्झौता भए मध्येको ८० प्रतिशत रकम निकासा गरेको हो । रकम निकासा गर्नुअघि केन्द्र अधिकारीले पूर्व सभासद् पन्तलाई प्रहरी बोलाएर पक्राउने र वाइसियल बोलाएर बाहिर निकाल्ने धम्की पुर्ण भाषा प्रयोग गरेका थिए । Continue reading

By bluediamondsociety