मिष्टर ह्याण्डसम

Nilhira

काठमाडौं असोज १३ नेपालमा पहिलो पटक दक्षिण एशियाली समलिंगी पुरुषबीच ह्याण्डसम प्रतियोगिता हुने भएको भएको छ । कात्तिक १६ गते हुने समलिंगी पुरुषको ह्याण्डसम प्रतियोगितामा दक्षिण एशियाका समलिंगी पुरुषले भाग लिने नील हिरा समाजका संस्थापक सुनीलबाबु पन्तले जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपालबाट विभिन्न क्षेत्रीय र जातीय आधारमा प्रतिनिधित्व हुनेछ । विजेता अर्थात मिष्टर ह्याण्डसमले नगद पुरस्कार सहित अन्य पुरस्कार पाउने समाजको शाखा कार्यालय पिङ ट्रयाङ्गलका बासु गुरागाईले जानकारी दिनुभयो । Continue reading

By bluediamondsociety

तपाईले दिएको मत खेर जादैन ः समलिंगी तेश्रोलिंगी

???????????????????????????????

काठमाडौं  असोज ९ – मलाई संविधान सभा चुनावमा भोट दिएर जिताउनु भयो भने ग्यास सिलिण्डरको १४ सय ७० रुपैयाँ तिर्नुपर्दैन । म सभासद् भएर संविधान सभामा प्रवेश गरे भने चार चार बर्ष सम्म संविधान नलेखी संविधान सभा विघठन हुन पाउँदैन । म सबै नेपाली नागरिक अधिकार सम्पन्न हुने संविधान लेख्छु ।
तेश्रोलिंगी विनिता सिंहले मतदातालाई यस्तो आवश्वास दिदै गर्दा अर्का तेश्रोलिंगी मनोज शाही मोनिका मूख्य तीन दलका नेतालाई अक्षमको आरोप लगाउँदै अव आफूलाई मतदान गर्न आग्रह गर्दै थिए । नील हिरा समाजले देशभरका समलिंगी तेश्रोलिंगीलाई दिएको राजनीतिक प्रशिक्षणमा विनिता र मनोज मात्रै होइन विभिन्न दलमा आवद्ध सहभागी आ आफ्नो एजेण्डा सार्वजनिक गर्दै थिए । Continue reading

By bluediamondsociety

राजनीतिक रुपमा सचेत छन् समलिंगी तेश्रोलिंगी

???????????????????????????????

काठमाडौं  असोज ८ -राजनीतिक रुपमा मेरो आस्था जे होस् । मेरो आस्था र विचार जे होस् त्यो अहिले म बोल्न सक्दिन र मलाई त्यहि विचार र आस्था अंगाल्नु पर्छ भन्न पनि मिल्दैन । मेरो जिल्लामा सबै राजनीतिक दलको सहयोग चाहिन्छ र सहयोग गरिरहेका छन् ।
नेपालगंजकी तेश्रोलिंगी परिना चौधरीको यो भनाईमा दाङकी तेश्रोलिंगी शिल्पा चौधरी सहमत हुँदै आफ्नो जिल्लामा सबै दलले भन्दा नेकपा एमालेले सहयोग गरेकाले उसको पक्ष लिनु परेको बताइन । त्यसो त बर्दियाकी सपना चौधरी र चितवनका देव श्रेष्ठ पनि आफ्नो समूदायका विषयमा जुन पार्टीले सहयोग गर्छ उसैलाई सहयोग गर्नुको विकल्प नभएको बताउँछन् । Continue reading

By bluediamondsociety

निशुल्क तालिममा समलिंगी तेश्रोलिंगीलाई समावेश नगराएकोमा आपत्ती

Nilhira

काठमाडौं  असोज ६- सरकारले विश्व वैंकको आर्थिक सहयोगमा संचालन गर्न लागेको निशुल्क सीप मुलक तालिममा समलिंगी तेस्रोलिंगीलाई समावेश हुनबाट वञ्चित गराएकोमा नील हिरा समाजले आपत्ती जनाएको छ । समलिंगी तेस्रोलिंगीको साझा संस्था समाजले तालिममा महिला र पुरुष मात्रै समावेश हुन पाउने सरकारी सूचनाले तालिममा सहभागी हुन पाउने अधिकारबाट आफूहरु बञ्चित भएको भन्दै समाजले आपत्ती जनाएको हो । Continue reading

By bluediamondsociety

एचआइभी संक्रमितको सेवामा काम गर्ने समलिंगी तेश्रोलिंगी तलव विहिन

HIV

काठमाडौं  असोज ५ -राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रले सम्झौता अनुसारको रकम निकास नगर्दा एचआइभी संक्रमितको सेवामा काम गर्दै आएका समलिंगी तेश्रोलिंगी तलव विहिन भएका छन् । केन्द्रले ६ महिनादेखि रकम निकास नगर्दा १४ जिल्लामा काम गर्दै आएको ३ सय ५० भन्दा धेरै समलिंगी तेश्रोलिंगी कर्मचारी तलव विहिन भएका हुन् ।  Continue reading

By bluediamondsociety

समतामुलक समाज निर्माणको वाटो फराकिलो हुँदै

???????????????????????????????

ललितपुर  असोज ५ -उमेश पाण्डेलाई पहिलेका कहालीलाग्दा दिन सम्झदा आँखाबाट आँशु बग्न थाल्छन् । टेकूमा रहेको आफ्नो घरमा साथी भाई जम्मा भएर नाँचगान गरेको खुशी क्षण पनि पाण्डेसँगै छ । पाण्डेलाई परिवारले सहयोग गरेरनै दुख सुख दुवैमा चित्त बुझाउने हिम्मत भयो । दुखमा नआत्तिनु र सुखमा नमात्तिनु भनेझै समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता सुनिलवावु पन्तको नेतृत्व पाएका पाण्डे सहितका समलिंगी तेश्रोलिंगीले १३ बर्षको अवधीमा पहिचान अनुसारको नागरिकता पाउन सफल भएका छन् । Continue reading

By bluediamondsociety

काँग्रेसले तेश्रोलिंगी श्रेष्ठलाई संविधान सभामा पुर्याएर उचित सम्मान दिनु पर्छ

Bhumika

काठमाडौ  असोज ४ नेपाली काँग्रेस काठमाडौंले तेश्रोलिंगी भूमिका श्रेष्ठलाई संविधान सभा चुनावमा समानुपातिक तर्फको उम्मेदवार बनाउन सिफारिस गरेको छ । तेश्रोलिंगी श्रेष्ठलाई समानुपातिक तर्फको उम्मेदवार बनाउन काँग्रेस केन्द्रीय समितिमा सिफारिस गरिएको काँग्रेस काठमाण्डौका सभापति भिमसेनदास प्रधानले जानकारी दिए । श्रेष्ठ काठमाडौं क्षेत्र नम्वर ९ बाट काँग्रेसको महाधिबेशन प्रतिनिधि समेत हुन् ।
प्रधानले समलिंगी तेश्रोलिंगीको संस्था नील हिरा समाजको दाबीलाई मान्ने हो भने पनि देशको कुल जनसंख्याको झण्डै १० प्रतिसत जनसंख्यालाई छुटाउनु हुदैन भन्ने लागेर तेश्रोलिंगी श्रेष्ठलाई समानुपातिक तर्फको उम्मेदवारमा सिफारिस गरेको जानकारी दिए । प्रजातान्त्रिक मूल्य र मान्यतामा विश्वास राख्ने पार्टी कांगे्रसले सबैलाई समेटेर लैजाने प्रधानले बताए । Continue reading

By bluediamondsociety

को श्रमिक को मालिक ?

Health

भवानी घिमिरे काठमाडौ /असोज २- मलाई त्यो दिन याद आयो । जुन दिन महिले म आफू श्रमिक हुँ भनेर आफु आफैमा विश्वस्त भए । काम गर्ने मान्छे श्रमिक हुन्छ । काम लगाउने (मालिक) रोजगारदाता हुन्छ । किन मालिक नभन्नु रोजगारदाता भन्नु भन्ने शव्दमा पनि ठूलै वहस भएको थियो । हो हामी श्रमिकनै हौ । जुन आस्था जुन विचार जे भएपनि काम गर्ने हामी सबै श्रमिकनै हौ । अन्तराष्ट्रिय श्रम संगठनले काम गर्नेलाई श्रमिक र काम लगाउनेलाई रोजगारदाता भनेर परिभाषित गरेको छ । त्यसैले श्रमिकको हक हितमा आवाज उठाउने श्रमिक संघ संगठनले मालिक होइन रोजगारदाता भन्नु पर्छ भनेर सम्वोधन गर्नु पर्छ भने । उनीहरुको निहित स्वार्थ जे होस तर काम लगाउने व्यक्ति वा संस्था रोजगारदाता मात्रै हो । त्यस्तै मालिक या रोजगारदाताको उपमा पाउनेमा सरकार र सरकारी निकाय पनि पर्दा रहेछन् । गृहमन्त्रालय मालिक र जिल्ला प्रशासन कार्यालय श्रमिक । दुवै सरकारी निकाय हुन् । सरकारले बनाएका नीति नियम दुवैले पालना गर्नु पर्छ । एउटाले निर्देशन दिने र अर्कोले पालना गर्ने काम भइरहेको प्रत्यक्ष देख्दा लाग्छ यि दुई मालिक र कामदार हुन् । हो यस्तै भएको छ गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयहरुमा । Continue reading

By bluediamondsociety

राजनीतिक अधिकार माग गर्दै समलिंगी तेश्रोलिंगी

20130915_144803

काठमाडौं,  भदौ ३० – कसैप्रति रिस उठेको छ भने समलिंगी तेश्रोलिंगी जस्तो भनेर गाली गरिन्छ । खुलेर आएका समलिंगी तेश्रोलिंगीलाई दुरव्यवहार गरिन्छ । अनि खुल्न चाहने कसरी खुल्ने ? म खुलेर मुर्ख भए । बुझ्नेले मलाई यही समाजको सदस्य भन्लान भने नवुझ्नेले के भन्लान कसरी थाहा हुन्छ र ? Continue reading

By bluediamondsociety