Gay rights debate unfolds at the UN

In this video, Charles Radcliffe of the UN human rights office (OHCHR) discusses recent developments and examines some of the arguments commonly raised by those opposed to full legal equality for LGBT people.

Global awareness of homophobic violence and discrimination — and the need to tackle it — is growing. Since 2011, the United Nations Human Rights Council has been the setting for the first UN resolution, the first official UN report and the first formal inter-governmental debate on the issue. Yet opinion among Member States remains divided.

By bluediamondsociety

सत्य तथ्य सार्वजनिक गर्न ढिला गर्नु अन्याय

काठमाण्डौं, चैत ११- जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले नील हिरा समाजमाथि पूर्वाग्रही भएर नविकरण नगरेको प्रष्ट हुँदै समलिङ्गी तेश्रोलिङ्गीले बताएका छन् । समलिङ्गी तेश्रोलिङ्गी समूदायको मातृ संस्था समाजको नविकरणका लागि तीन वटा शर्त लिखित रुपमा दिएको प्रशासनले शर्त पूरा गर्दा पनि नविकरण नगर्नु समलिङ्गी तेश्रोलिङ्गी माथि प्रशासन पूर्वाग्रही भएको प्रष्ट हुँदै गएको उनीहरुको भनाई छ ।

नील हिरा समाजको कार्यकारी निर्देशक र सभासद् हुँदा दुवै तिर लिएको पारिश्रमिक मध्ये एकातर्फको फिर्ता गर्नु पर्ने लिखित आदेश बमोजिम सुनिलवावु पन्तले सभासद् हुँदा बुझेको पारिश्रमिक विघठित संविधानसभा सचिवालयमा फिर्ता गरिसक्नु भएको छ । यस्तै समाजको नाममा जग्गाधनी पूर्जा भएको जग्गामा बनेको घरको नक्सापास पन्तको नामबाट समाजकै नाममा नामसारी भइसकेको छ । काठमाण्डौ महानगरपालिकाकाले पन्तको नाममा भवन निर्माणको नक्सा समाजकै नाममा नामसारी गरेको पत्र जिल्ला प्रशासन कार्यालयमा बुझाइएको नील हिरा समाजले जनाएको छ । आर्थिक सहयता लिदाँ समाज कल्याण परिषदबाट लिएको स्वीकृत पेश गरिसक्दा पनि समाजको नविकरण नहुनु प्रशासनको पूर्वाग्रही सोचनै भएको प्रष्ट हुँदै गएको समलिङ्गी तेश्रोलिङ्गी समूदायको भनाई छ ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा सभासद् हुँदाको पारिश्रमिक फिर्ता गरेको प्रमाण, समाजको भवन निर्माणको नक्सापास समाजकै नाममा नामसारी भएको प्रमाण र दातृ निकायबाट लिएको रकम स्वीकार गर्दा समाज कल्याण परिषदबाट स्वीकृत लिएको प्रमाण पेश गर्दा पनि प्रशासनले नविकरण रोकेर मर्नु न बाच्नुको अवस्थामा पुर्याएको समलिङ्गी तेश्रोलिङ्गीको गुनासो छ । घर, परिवार, समाज र राज्यबाट विभेदमा परिरहेका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको मातृ संस्थाको नविकरण नगरी जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले संगठित भएर बाच्न पाउने अधिकारबाट खोस्ने काम गरेकोमा विभिन्न संघ संस्थाले चासो लिएर दवाव समेत दिदै आएका छन् । तर राज्यको नियमनकारी निकाय प्रशासनले राष्ट्रिय अन्तराष्ट्रिय चासोलाई बेवास्ता गर्दै नविकरण रोकेर संस्थाको अस्तित्व समाप्त पार्ने षडयन्त्र भइरहेको समाजको आशंका छ ।
प्रमूख जिल्ला अधिकार चुडामणी शर्माले दिएका सबै निर्देशन पूरा गरेर नविकरण रोकिएको कारण सोध्न जाँदा प्रशासनले जानकारी दिन समेत अस्वीकार गर्न थालेको समाजको भनाई छ । नविकरण रोकिएकोबारे समाजले पुनरावेदन अदालतमा पुनरावेदन पत्र दर्ता गरिसकेको छ । पुनरावेदन पत्रबारे प्रशासनले समाजले बुझाएका कागजपत्र नपठाउँदा पुनरावेदन पत्रको पेशी मिति समेत तोकिएको छैन । तीन वटा विषय पूरा गरे संस्थाको नविकरण हुने बताउने प्रजिअ शर्माले नविकरण रोक्दा समलिङ्गी तेश्रोलिङ्गीलाई विभिन्न दातृ निकायले गर्दै आएको सहयोग रोकिन पुगेको छ ।

पहिले भएका सम्झौता अनुसारका सहयोग बाहेक अन्य सहयोग ठप्प हुँदा समाजमा आवद्ध समलिङ्गी तेश्रोलिङ्गी भोकभोकै बस्नु पर्ने अवस्थामा पुगेका छन् । यसबारे बर्तमान चुनावी मन्त्रीपरिषदले चासो दिएर नविकरण गरेर समलिङ्गी तेश्रोलिङ्गीको अधिकार प्राप्तीको अभियानलाई निरन्तरता दिन सहयोग गर्ने या अधिकार विहिन बनाएर भोकभोकै मर्न बाध्य पार्ने एक रोज्ने बेला आएको छ । समलिङ्गी तेश्रोलिङ्गीले प्रमूख जिल्ला अधिकारी चुडामणी शर्मालाई सयौ पटक गर्दा पनि सुनुवाई नभएपछि मन्त्रीपरिषद अध्यक्ष रेग्मी समक्ष सत्य तथ्य तत्काल सार्वजनिक गर्न प्रशासनलाई निर्देशन दिन अनुरोध समेत गरेका छन् ।

By bluediamondsociety

समाजले गरेको कामको प्रशंसा, नविकरण नरोक्न दवाव आवश्यक

काठमाडौं, चैत १०- विभिन्न देशका समलिङ्गी तेश्रोलिङ्गीले नेपालका समलिङ्गी तेश्रोलिङ्गी समूदायका सदस्यले गर्दै आएको कामको प्रशंसा गरेका छन् । काठमाडौंमा भएको एशिया प्रशान्त क्षेत्रस्तरिय मानवअधिकार, यौनिक अभिमुखीकरण र लैङ्गिक पहिचान सम्वन्धी सम्मेलनमा सहभागी विभिन्न देशका समलिङ्गी तेश्रोलिङ्गीले नेपालमा भइरहेको अधिकार प्राप्तीको अभियानको प्रशंसा गरेका हुन् । सम्मेलन शनिवार सम्पन्न भएको छ ।

सम्मेलनमा सहभागी नेपाल, भारत, बंगलादेश, श्रीलंका, फिलिपिन्स, थाइल्याण्ड, चीन सहितका २२ देशका समलिङ्गी तेश्रोलिङ्गीले अधिकार प्राप्तीको अभियान संचालन गर्दै आएको नील हिरा समाजको नविरोकरण नरोक्न सबैले दवाव दिनुपर्नेमा जोड दिए । रुपन्देहीबाट सम्मेलनमा सहभागी तेश्रोलिङ्गी एवं एचआएभी संक्रमितले समाजको नविकरण रोकिदा पारिश्रीमक नपाएको भन्दै नविकरण रोक्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई दवाव दिन अन्तराष्ट्रिय समूदायलाई आग्रह गर्नुभयो । आफू तेश्रोलिङ्गी भएकै कारण घर परिवारको हेलामा परेको र कामको खोजीमा भारत पुग्दा एचआइभी संक्रमित भएर फर्केको सुनाउँदै नेपाल फर्केदेखि अहिलेसम्म नील हिरा समाजले रोजोरोटीको व्यवस्था गरेको बताउनु भयो । समलिङ्गी दुर्गा थापाले जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्दयी व्यवहारका कारण लाखो समलिङ्गी तेश्रोलिङ्गी पीडामा जीउन बाध्य हुनु परेको बताउनु भयो । दुर्गाले समलिङ्गी तेश्रोलिङ्गीका लागि सरकारको एउटा निकायले विभेद गरिरहेकोमा आफूहरु दुखी भएको बताउनु भयो ।
सम्मेलनमा सहभागी समलिङ्गी तेश्रोलिङ्गीले कतिपय देशमा गरीवीका कारण अधिकारको विषय ओझेलमा पर्ने गरेको गुनासो समेत गरेका छन् । नील हिरा समाजकी उपकार्यकारी निर्देशक मनिषा ढकालले तेश्रोलिङ्गीको शारीरिक एवं मानसिक स्वास्थ्यका बारेमा धेरै किसिमका विभेद रहेकाले यो अन्त्य हुनुपर्ने बताउनु भयो ।
सम्मेलनमा सहभागी विभिन्न देशका समलिङ्गी तेश्रोलिङ्गीले लैङ्गिक विभेदरहित कानुन बनाउन दबाब दिन सदस्य राष्ट्रलाई संयुक्त राष्ट्रसंघले दबाब दिनुपर्ने पनि बताए । उनीहरुले लैङ्गिक पहिचानको विषय नेपालबाट अरु देशले सिक्नुपर्ने बताए । सर्वोच्च अदालतले २०६४ पुष ६ गते पहिचान अनुसारको नागरिकता दिन आदेश दिएको र गृह मन्त्रालयले परिपत्र गरेको भन्दै उनीहरुले यो विषय नेपालबाट अरु देशले सिक्नुपर्ने बताएका हुन् ।
भारतका प्रतिनिधिले दिल्लीको सर्वोच्च अदालतले समलिङ्गी विवाह, लैङ्गिक पहिचान लगायतका अधिकारका विषयमा बुझ पचाउने गरेको बताए । यौनिक व्यवहारलाई देखाएर व्यक्तिमाथि कारवाही गर्न नहुने बताएपनि दिल्ली अदालतले कारबाही नगर्ने फैसला गर्न ढिलाई गरेको भारतीय प्रतिनिधिको भनाई छ । भारतमा तेश्रोलिङ्गीलाई पेन्सनको व्यवस्था गरेपनि त्यसलाई अरु समूदायले पेन्सन पाउने भन्दै गिज्याउने गरेको भारतीय प्रतिनिधिले गुनासो गरे ।
श्रीलंकाका तमिल समलिङ्गीले आफ्नो देशमा यौनिक अभिमुखीकरणको खाँचो रहेको बताए । थाइल्याण्डका प्रतिनिधिले कानुन निर्माणका विषयमा आफ्नो सरकारले नेपालको सरकारबाट सिक्नुपर्ने बताए ।
महिला वालवालिका तथा समाज कल्याण मन्त्रालयको आयोजनामा शुरु भएको सम्मेलनमा नेपालबाट नीलहिरा समाजका २१ जना प्रतिनिधि सहभागी थिए । नील हिरा समाजका कार्यकारी निर्देशक सुनिलवावु पन्तले समाजले असमलिङ्गी तेश्रोलिङ्गीको अधिकार प्राप्तीका लागि गरिरहेको अभियानबारे अन्तराष्ट्रिय समूदायले लिएको चासो प्रति धन्यवाद दिनु भयो । पन्तको प्रयासमा सन् २००१ म नील हिरा समाजको स्थापना भएको हो । समाजमा अहिले देशभर ७ सय ५० जना समलिङ्गी तेश्रोलिङ्गी कर्मचारी कार्यरत छन् भने समाजको सम्पर्कमा झण्डै चार लाख समलिङ्गी तेश्रोलिङ्गी आएका छन् । सरकारले नगरेको काम समाजले गरेकोमा विभिन्न देशका समलिङ्गी तेश्रोलिङ्गी प्रतिनिधिले प्रशंसा गदै आवश्यक जस्तो पनि सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाएका छन् ।

By bluediamondsociety

Asia’s gay rights activists plan UN strategy

Courtesy: 

Lesbian, gay, bisexual, and transgender activists from across Asia gathered in Nepal this weekend to plan strategies for overcoming problems in the region, including religion and culture.

The gathering, organised in advance of the next UN Human Rights Council session this summer, featured activists from over a dozen countries and Nepalese government officials.

“I laud the courage you have shown despite the circumstances you live and work in,” Riddhi Baba Pradhan, Nepal’s Minister of Women, Children and Social Welfare told more than a hundred assembled guests.

“This conference in Kathmandu proves that the common assertion that LGBT rights are incompatible with Asian values is false.”

The seminar, a brainstorming session aimed at developing region-specific recommendations for the UN rights body, looked at problems faced by activists in the region, including religion and culture, and strategies to overcome them.

Selected to host the event, Nepalese activists jumped at the opportunity to showcase the country’s openness to diversity and recent gay rights progress.

“In Nepal we have strong traditions of respecting diversity, including in sexuality and gender,” Sunil Babu Pant, the country’s gay rights leader told AFP.

Nepal’s LGBT rights movement began formally in 2001 when Pant founded an HIV and human rights support organisation by handing out condoms and lubricant in a dusty Kathmandu park.

The movement achieved international fame in 2007 when the country’s Supreme Court issued a decision ordering the government to scrap all discriminatory laws, examine same-sex marriage policies, and issue citizenship documents acknowledging a third gender.

Pant, who in serving in Nepal’s erstwhile parliament, was the first openly-gay federal-level politician in Asia, and encouraged the UN to “embrace Asia’s vast diversity” when considering human rights.

“Not everyone in the world likes the lesbian or gay or transgender labels, so we have to make sure human rights are for everyone,” he said, echoing a common sentiment of the two-day meeting.

In a video statement inaugurating the conference, UN Secretary-General Ban Ki-Moon said: “Far too many people and governments still refuse to acknowledge the injustice of discrimination based on sexual orientation and gender identity and the hardship it causes.”

http://www.globalpost.com/dispatch/news/afp/130324/asias-gay-rights-activists-plan-un-strategy

By bluediamondsociety

The new Prime Minister could intervene – but only if he feels the pressure. Can you sign the petition?

Crisis in Nepal: the key organization standing up for LGBT people is in danger of being shut down.
The new Prime Minister could intervene – but only if he feels the pressure. Can you sign the petition?

Dear friends,
Crisis in Nepal: the key organization standing up for LGBT people is in danger of being shut down.
A local official is stopping Blue Diamond Society from looking after people with HIV, and it looks like it’s simply because he hates LGBT people.
But Nepal just got a new Prime Minister and he’s hosting an international meeting about human rights in 3 days time.
If thousands of us sign the petition now, it will threaten to embarrass the Prime Minister at his high-profile meeting. It could be enough to get him to act fast to save Blue Diamond Society.
Can you sign the petition?
http://www.allout.org/blue-diamond
Blue Diamond is a shining example for LGBT rights across Asia. They’ve set the standard of achievement, and they are the reason the United Nations is hosting their regional human rights meeting in NepalBut Kathmandu’s Chief District Officer is withholding a report that Blue Diamond needs to be renew its license to operate in Nepal. That means major international organisations aren’t able to send funds. And it gets worse – it looks like the Chief District Officer has ordered a police crackdown against some members of Blue Diamond Society.

Nepal’s new Prime Minister has just come into power. On Friday, his government will host a major United Nations regional seminar on LGBT rights. They will want to show the world they care about looking after LGBT people – so it’s the perfect moment to deliver a huge petition calling for the Prime Minister to save Blue Diamond Society.
Blue Diamond Society has provided vital services to LGBT people in Nepal for 12 years – and had its licence renewed 12 times. It even won an award from the International Gay and Lesbian Human Rights Commission. The death of the organisation would be a devastating setback for Nepal’s LGBT community.
Together, we can save Blue Diamond Society:
http://www.allout.org/blue-diamond
Thanks for going All Out.Andre, Hayley, Jeremy, Marie, and the rest of the All Out team.

SOURCES:
Nepal gov hosts LGBTI rights seminar, but decides not to renew only gay rights group’s license
http://www.gaystarnews.com/article/nepal-gov-hosts-lgbti-rights-seminar-decides-not-renew-only-gay-rights-groups-license180313
Supreme Court judge appointed interim Prime Minister:
www.online.wsj.com/article/SB10001424127887324077704578359763614062062
Support All Out!
We don’t take money from governments or corporations, so the only people we have to listen to are our members. Our tiny team stretches every contribution to make them count.
Donate
All Out is bringing people together in every corner of the planet and of every identity – lesbian, gay, straight, bisexual, transgender and all that’s between and beyond – to build a world in which everyone can live freely and be embraced for who they are.
This is a campaign of Purpose Foundation, a 501(c)(3) nonprofit organisation.
Our mailing address is:
Purpose Foundation
224 Centre St
New York, NY 10013
USA
Copyright © 2013 AllOut.org, All rights reserved.
By bluediamondsociety

विश्वमै पहिलोपटक ‘तेस्रो लिंगी’ को जनसंख्या तयार पारिँदै

Courtesy: Hamro Bhaktapur

काठमाडौं, चैत ८ – नेपालले विश्वमै पहिलोपटक तेस्रो लिंगीको संख्या सहितको विवरण ल्याउने तयारी गरेकोे छ। ‘राष्ट्रिय जनगणना २०६८’ को तथ्यांक प्रशोधन धमाधम  गरिरहेको केन्द्रीय तथ्यांक विभागले करिब चार महिनाभित्र विवरण सार्वजनिक गर्ने बताएको छ।

सरकारले तेस्रो लिंगीहरूकै पहिचानबाट नागरिता दिन थालेपछि उनीहरूकै अनुरोधबमोजिम विभागले विवरण ल्याउने लागेको हो। २०६८ जेठमा सम्पन्न जनगणनाको पहिलो चरणअन्तर्गत ‘घरपरिवार सूचीकरण’ बाट लिइएको जानकारीको नतिजा २०७० असारसम्म ल्याउने गरी तयारी भइरहेको विभाग जनसंख्या शाखा प्रमुख रुद्र सुवालले बताए।

सुवालका अनुसार तेस्रो लिंगीको आधारमा जनसंख्या विश्लेषण नेपालमा पहिलोपटक गर्न लागिएको हो। ‘भारत, युरोपका कतिपय देश र अमेरिकाका केही देशमा पनि तेस्रो लिंगीको तथ्यांक लिइन्छ,’ उनले भने, ‘तर उनीहरूले सार्वजनिक गर्दैनन्। कसैले आफू महिला र पुरुष नै नभएको भन्ने कुरा आएमा मात्र तेस्रोलिंगी लेखिए पनि त्यसलाई सार्वजनिक गरिएको छैन।’

अन्य देशमा चाहनाअनुसार लिंग परिवर्तन गर्ने चलन रहेको र तथ्यांक आउँदा फरक पनि पर्नसक्ने भएकाले जनसंख्या सार्वजनिक गर्ने चलन नरहने सुवालले बताए। नेपालमा यस्तो परिपाटी नभएकाले उनीहरूले साँचो कुरा बताएमा यकिन तथ्यांक आउने उनको बुझाइ छ।

यो सँगै नेपाल तेस्रोलिंगीलाई संख्यात्मक आधारमा विश्लेषण गर्ने पहिलो राष्ट्र हुने जनसंख्याविद्हरू बताउछन्। यसबाट सामाजिक समावेशीकरणमा नेपालले फड्को मारेको भन्न मिल्ने जनसंख्याविद् पद्मप्रसाद खतिवडाले बताए। ‘तेस्रोलिंगीको हकअधिकार र स्वतन्त्राका हिसाबले नेपाल विश्वमै राम्रो देशका रूपमा कहलिएको छ। जनसंख्या गणनासँगै उनीहरूकै नाममा नागरिकता दिने र तेस्रोलिंगीबीच आपसमा विवाह हुनेछ,’ उनले भने।

बदनाम हुने डरले आफ्ना घरमा तेस्रोलिंगी भए पनि खोल्न हिचकिचाउने प्रवृत्तिले यकिन तथ्यांक आउन नसकेको खतिवडा बताउँछन्। तेस्रोलिंगी जनसंख्या सम्बन्धी रिपोर्टकोे निष्कर्षमा केवल जनसंख्या मात्र आउने र यौनिक अल्पसंख्यकका सबै प्रकारहरू खोल्न नसकिने उनले बताए। उनका अनुसार खासगरि लेसबियन, गे, ट्रान्सजेन्डर, बाइसेक्सुअल र इनसेक्सुअल गरी पाँच प्रकारका तेस्रोलिंगी हुन्छन्।

सन् २००७ मा सर्वोच्च अदालतले तेस्रो लिंगीको नामबाट नागरिकता दिने आदेश दिएपछि तेस्रोलिंगीकर्मीहरूकै पहलमा जनगणना थालिएको थियो। विभागले घरपरिवार सूचीकरण लगत अन्तर्गत २०६८ जेठमा ‘परिवारमा अक्सर बसोबास गर्ने पुरुष, महिला र तेस्रोलिंगी’ को संख्या आउने प्रश्नावलीबाट तेस्रो लिंगीको जनसंख्या आउनेछ।

By bluediamondsociety

एसियामा पहिलो पटक राष्ट्रसंघीय क्षेत्रिय सम्मेलन काठमाडौंमा हुने

काठमाडौं, चैत ७- यति वेला समलिङ्गी तेश्रोलिङ्गी समूदायका सदस्य पीडामा जीवन निर्वाह गर्न बाध्य छन् । जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले आफूहरुको मातृ संस्था नील हिरा समाजको नविकरण नगर्दा आफूहरु पीडै पीडामा जीवन निर्वाह गर्न बाध्य भएको समलिङ्गी तेश्रोलिङ्गीहरुले बताएका छन् ।

संस्था नविकरणका लागि सम्पूर्ण प्रक्रिया पूरा गर्दा पनि प्रशासनले पूर्वाग्रह राखेर अल्पसंख्यक समूदायको बाच्न पाउने अधिकार माथि कुण्ठित गरेको छ समलिङ्गी तेश्रोलिङ्गी समूदायका सदस्य भन्छन् ः घर, परिवार र समाजबाट एक्लो पारेका हामीलाई राज्यले जिउँदै मार्न शुरु गरेको छ । समलिङ्गी तेश्रोलिङ्गीको यो पीडा राष्ट्रिय संचार माध्यमहरुमा आइरहेका छन् । तर पनि नियमनकारी निकायले संचारमाध्यममा आएका विषयमा कुनै चासो नदिएको उनीहरुको भनाई छ । यो विषयमा अन्तराष्ट्रिय समूदायले पनि चासो लिएर नेपाल सरकारलाई सत्य तथ्य तत्काल सार्वजनिक गर्न माग गरेको छ । अन्तराष्ट्रिय समूदायका पछिल्लो विज्ञप्ती यस्तो छ ।

GJN Letter of Support for BDS
त्यसो त अल आउट डट कमले अनलाईन हस्ताक्षर अभियाननै शुरु गरेको छ । उसले नील हिरा समाजको नविकरण रोक्नु जायज हो होइन भनेर मत संकलन गरिरहेको छ । सबैबाट हेलामा परेका समूदायका सदस्यलाई यतिवेला सहयोगको खाचो छ । सहयोग एक व्यक्ती र समूहले मात्रै होइन सबै पक्षबाट सहयोग भएमा उनीहरुले जीवन निर्वाहका लागि भोग्दै आएको पीडा कम हुन्थ्यो कि ?
हुन त यो पीडा एसियामै पहिलो पटक नेपालमा हुन गइरहेको पहिलो मानवअधिकार, यौनिक अभिमुखिकरण र लैङ्गिक पहिचान विषयक राष्ट्रसंघीय क्षेत्रिय सम्मेलनमा व्यक्त हुने निश्चित जस्तै छ । चैत ९ गते शुक्रवारदेखि काठमाण्डुमा शुरु हुने सम्मेलनमा यो विषयबारे कुरा उठ्ने बुझिएको छ । यसले राष्ट्रले मानव मानवबीच गर्ने विभेद छर्लङ हुने र मानवअधिकारको रटान लगाउनेहरुलाई विभेदको यो पराकाष्ठा सुनिरहन असह्य हुने विश्लेषकहरुको ठम्माई रहेको छ ।

By bluediamondsociety

१९ जना समलिङ्गीमा एचआइभी पोजेटिभ, संक्रमितसम्म पुग्नेको पैताला खुर्कने हर्कत

काठमाडौ, चैत ५ -मानव जीवनमा हरेक विषय महत्वपूर्ण हुन्छ । जीवनमा धन, सम्पत्ती आराम धेरैले रोज्ने मध्येमा एक पर्छ जुन उनीहरुका लागि महत्वपूर्ण भइदिने गरेको छ । आफ्नो जीवनलाई सबैभन्दा राम्रो बनाउन अनेक उपाय अपनाउदै जादाँ कुलतमा परेको पत्तो पाउदैन र पनि ऊ आफूलाई आफ्नो जीवनको एउटा महत्वपूर्ण तर अरुका लागि शिक्षा दिन सक्छ भने उसको महनता यो भन्दा केह ी गर्न नसक्नेले खोज्नु भनेको दानवता मात्रै हुन सक्ला ।
भनिन्छ औलो दिदाँ ढुढुल्को निल्ने । प्राय हाम्रो समाजमा यस्तै व्यक्तीको बर्चस्व बढिरहेको छ । आफू र आफ्नो बाहेक अरु नसोच्ने व्यक्ती आफूलाई मानवताको दर्जामा राखेर आफ्नो बाहेक अरुको हित चिताउदैन भने त्यो मानव हो भनेर जसले भन्छ त्यो अर्को महादानव हुन सक्छ । यस्तै तपाई हाम्रा अड्कल बाजी कसैका लागि जीवनमा वास्तविकता भएर आइदिदाँ रहेछन् । समाजले मानवको पहिचान दिन समेत नसकेको, काम गर्न पाउनु पर्छ भन्दा जागिर पो खोजेका रहेछन् पैसा त रहेछ नि भन्ने र आफ्ना र आफ्ना भन्नेहरुका लागि कसैलाई दाउमा राख्नेहरुले मानवमा हुने तर वाजा बजाएर नआउने संक्रमण भएको थाहा कहिले पाउने हुन् ? यसको उत्तर खोज्न तपाई धेरै टाढा गइरहनु पर्दैन ।
हो मानव जीवनमा विश्वासनै सबैभन्दा ठुलो सम्पत्ती हो । विश्वासघात सबै भन्दा गरीव हुनु हो । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमले सार्वजनिक गरेको तथ्याङक होस या नेपालको राष्ट्रिय योजना आयोगले अनुमान गरेको आकडा नै किन नहोस । नेपाल गरिव देश मध्येकै सूचिमा पर्दछ र या बस्ने धेरै नेपाली गरीवीको रेखामुनीनै रहेको देखाउँछ । तथ्याङकले गरीव धेरै देखाएपनि हामी आफूलाई धनी मान्दछौ । किनकी हाम्रो स्वाभिमान कसैले खोसेर लैजान सक्दैन । हाम्रो राष्ट्रियतामा कसैले कैची चलाउँदैन र एकलाई पर्दा अर्को नेपालीले सहयोग गर्छ । यही विश्वासमा अडिएको मानव जीवनमा उपचार गरेर निको नहुने संक्रमण सल्केपछि संक्रमणलाई मत्थर पार्न औषधी आवश्यक पर्दो रहेछ ।
विडम्वना यो औषधी दिने र दिएको औषधी संक्रमितसम्म पुर्याउनेको पाइला मेटाउने प्रयास केही समयदेखि हुँदै आएको सबैलाई अवगत हुँदै गएको छ । उपचार नहुने तर औषधी सेवन गरे आयू लम्व्याउन सकिने औषधी खाइरहनु पर्ने एचआइभी संक्रमितको संख्या देशमा बढ्दै गएको छ । आफूलाई संक्रमित भन्न नरुचाउनेको संख्या कति छ ? यो खोजीकै क्रममा छ । तर खुलेर भन्न चाहनेको संख्या पनि पछिल्लो समय बढिरहेको छ । पुरुष भएर पुरुषसँगै र महिला महिला भएर महिलासँगै यौन सम्पर्क गर्नेहरुमा एचआइभी संक्रमण देखिनुलाई हामी प्राकृतिक भन्छौ या अप्राकृतिक ? यो प्रश्नको उत्तर खोज्ने विपरित लिङ्गप्रति आकर्षित हुनेहरुले गरिरहन्छन् ।
यस्ता व्यक्ती जो पुरुष भएर पुरुषसँगै र महिला भएर महिलासँगै यौन सन्तुष्टी लिन्छन त्यस्ता व्यक्तीलाई समलिङ्गी भनिन्छ । पुरुष गे र महिला लेस्वियन समलिङ्गीनै हुन् । ठाउँ अनुसार फरक पहिचान पाएका समलिङ्गी तेश्रोलिङ्गीलाई विभिन्न संघ संस्थाले जीवन निर्वाहका लागि आर्थिक सहयोग सम्म उपलव्ध गराइरहेका छन् । आर्थिक सहयोग उपलव्ध गराउँदै आएको नील हिरा समाज अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंको कोपभाजनमा परेको छ ।
कोपभाजनमा रहेको संसथालाई जीवन्तता दिन लाग्ने धेरै भएपनि शक्ती, भक्ती देखाउनेका कारण यसकोे आयू कति लामो हुन सक्छ अहिलेनै भन्न सकिने स्थिति देखिदैन । संस्थाको जीवन्ततासँगै रहेको मानवताको विषयमा वोलिदिने र लेखिदिनेले पैसासँग तुलना गरिरहेकाले होला नवलपरासीमा एचआइभी पोजेटिभ भेटिएका १९ जना समलिङ्गीको जीवन निर्वाहमा चुनौती आइपरेको छ ।
समलिङ्गी यौन सम्बन्ध राख्ने मध्ये नवलपरासी जिल्लाका १९ जनामा एचआईभी देखिएको छ । पुरुष यौनकर्मी, पुरुष पुरुषवीच यौन कार्य गर्ने र तेश्रो लिङ्गींहरुको स्वास्थ्य परिक्षण गराउदा १९ जना समलिङ्गीमा एचआईभी पोजेटिभ देखिएको हो । जिल्लाका विभिन्न कलष्टरमा तेश्रो लिङ्गीको पहिचान गर्ने, स्वास्थ्य परिक्षण गर्ने र एचआईभी लगायत अन्य यौनरोग देखा परेमा उनीहरुको जीवन स्वस्थ बनाउन समलिङ्गी तेश्रोलिङ्गीको मातृ संस्था नील हिरा समाजले सहयोग गदै आएको छ । समाजको कार्यालयमै उपचार गर्ने र माग भएमा शिविर समेत सञ्चालन गर्दै आएको समाजका जिल्ला कार्यक्रम संयोजक सुदिप थापाले जानकारी दिनुभयो । अहिले पनि समाजमा अपहेलित भईन्छ भनेर धेरै समलिङ्गी खुल्न नसकेको र जसले गर्दा उनीहरु सामान्य स्वास्थ्य उपचार सेवाबाट बञ्चित हुन परेको थापाले नवलपरासीका पत्रकार विद्राही गिरीसँगको कुराकानीमा बताउनु भएको छ ।
समलिङ्गीहरुलाई नै लक्षित गरि समाजले कार्यालयमै हटलाईन सेवा, ल्याब सेवा, परामर्श सेवा, अल्ट्रासाउण्ड जस्ता सेवा प्रदान गर्नुको साथै एचआईभी संक्रमितलाई नियमित स्वास्थ्य परिक्षण, भिटिपी सेवा दिदै आएको संयोजक थापाले बताउनु भयो । सन् २००९ देखी यस्ता सेवा दिदै आएकोमा सन् २०१३ को फरवरीसम्ममा ३ हजार ६ सय ९० जना समलिङ्गीलाई विभिन्न सेवा प्रदान गरिएको थापाले पत्रकार गिरीसँगको कुराकानीमा बताउनु भयो ।

By bluediamondsociety