समलिङ्गी तेश्रोलिङ्गीलाई नेतृत्व विकास तालिम

blue-diamond-society-logo

काठमाडौं बैशाख १४ – समलिङ्गी तेश्रोलिङ्गीको छाता संस्था नीलहिरा समाजले दुई दिने नेतृत्व विकासका लागि तालिम दिएको छ । काठमाणडौमा शुक्रवार र शनिवार भएको तालिममा देशभरका ४० जना प्रतिनिधि समलिङ्गी तेश्रोलिङ्गीको सहभागीता रहेको थियो । नीलहिरा समाजका संस्थापक अध्यक्ष सुनिलबाबु पन्तले सहभागीलाई मानवअधिकार र संचार संबन्धि तालिम दिइएको जानकारी दिएको बताए । उनले तालिमले सहभागीलाई आफ्नो जिम्मेवारीबोर स्पष्ट पार्ने बिश्वास ब्यक्त गरे । Continue reading

By bluediamondsociety

नेपालमा पहिलो पटक मतदाता नामावलीमा तेश्रोलिङ्गी उल्लेख

nirbachan

काठमाडौं बैशाख १५ -निर्वाचन आयोगले पहिलो पटक महिला र पुरुषसँगै तेश्रोलिङ्गी उल्लेख गरेर फोटो सहितको मतदाता नामावली संकलन गरेको छ । आयोगले आउँदो संविधानसभा चुनावका लागि संकलन गरिरहेको मतदाता नामावलीमा महिला र पुरुषसँगै तेश्रोलिङ्गी उल्लेख गरेर नाम दर्ता गरेको हो । आयोगले बैशाख १५ गतेसम्म १ सय ७१ जना तेश्रोलिङ्गीले लिङ्गमा तेश्रोलिङ्गी उल्लेख गरेर नाम दर्ता गराएको आयोगका प्रवक्ता मधु रेग्मीले जानकारी दिए । Continue reading

By bluediamondsociety

बहुसंख्यकको कोपभाजनमा अल्पसंख्यक

नरेश फुयांल, काठमाडौ बैशाख १२, अहिले सम्म मानव समूदायमा महिला या पुरुष मात्रै छन भनिन्छ । महिला र पुरुष बाहेक अरु त को नै पो हुन्छन् भन्नेहरुको भिडमा महिला, पुरुषसँगै समलिङ्गी तेश्रोलिङ्गी पनि हुन्छन् भनेर पहिचान गर्नेहरु धेरै कम छन् । जन्मदाँ पुरुष हुर्कदै जादाँ हाउभाउ रुप रंग, वोलिचाली महिलाको हुनेलाई महिला तेश्रोलिङ्गी र जन्मदाँ महिला हुर्कदै जाँदा हाउभाउ रुप रंग बोलिचाली सबै पुरुषको हुनेलाई पुरुष तेश्रोलिङ्गी भन्छौ । यो लिङ्गनै परिवर्तन हुने होइन । महिला महिलाबीच यौन आकर्षण हुने र पुरुष पुरुषबीच यौन आकर्षण हुनेलाई समलिङ्गी भनिन्छ भने लिङ्गी र योनी दुवै लिएर जन्मने व्यक्तीलाई अन्तरलिङ्गी भनिन्छ । त्यस्तै महिला र पुरुष दुवैसँग समान रुपले यौन आकर्षण हुनेलाई दुई लिङ्गी भनिन्छ । यो पाठ्यक्रममा उल्लेख भएका शव्द होइनन् । पाठ्यक्रममा नभएपनि नेपालमा बल्ल अहिले आएर सम्वोधन गर्न थालिएका उदाहरण मात्रै हुन् । Continue reading

By bluediamondsociety

अदालतको आदेश पर्खँदै नील हीरा, पेशी सोमवारका लागि तोकियो

blue diamond society logo

काठमाडौं, बैशाख ११ – पुनरावेदन अदालत पाटनले नील हीरा समाजले दायर गरेको पुनरावेदन पत्रको पेशी आउँदो सोमबारका लागि तोकेको छ ।

काठमाडौंका प्रमूख जिल्ला अधिकारी चुडामणी शर्माले आफू गृहमन्त्रालयमा सरुवा भएर जाने अघिल्लो दिन नील हिरा समाजको सम्पूर्ण अध्ययन प्रतिवेदन पुनरावेदनमा पठाएपछि सोमवारका लागि पेशी तोकिएको हो ।

पुनरावेदन अदालत पाटनले चार महिनाअघि अध्ययन प्रतिवेदन पठाउन प्रशासन कार्यालयलाई पत्र पठाएको थियो । तर प्रशासनले अटेर गर्दा गर्दा बल्ल गएको आइतवार मात्रै अध्ययन प्रतिवेदन पठाएको हो । Continue reading

By bluediamondsociety

समलिंगी तेश्रोलिंगीलाई सहज रुपमा नागरिकता दिन माग

nagarikta1_20121028084751

काठमाडौं, बैशाख ११– नील हिरा समाजले समलिंगी तेश्रोलिंगीलाई सहज रुपमा नागरिकता वितरण गर्न सरकारसँग माग गरेको छ । गृहमन्त्रालयको परिपत्रपछि पनि सहज रुपमा नागरिकता पाउन नसकेको गुनासो आएपछि समाजले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको लैंगिक सशक्तिकरण विभागमा पत्र लेखेर सहज रुपमा नागरिकता पाउनु पर्ने माग गरेको हो ।

समाजका कार्यकारी निर्देशक सुनिलवावु पन्तले मन्त्रिपरिषद् कार्यालयमा समलिंगी तेश्रोलिंगीले सहज रुपमा नागरिकता पाउन र फोटो सहितको मतदाता नामावली संकलनमा सहभागी हुन पाउनका लागि परिपत्र जारी गर्न माग गरेको जानकारी दिए । Continue reading

By bluediamondsociety

चार महिनापछि पठायो प्रशासनले अनुशन्धान प्रतिवेदन

बैशाख ८ जिल्ला प्रशासन कार्यालय काठमाडौले चार महिना पछि नील हिरा समाज नविकरणबारेको सबै अनुशन्धान प्रतिवेदन पुनरावेदन अदालत पाटनमा पठाएको छ । प्रमूख जिल्ला अधिकार चुडामणी शर्मा सरुवा भएर गृहमन्त्रालय जाने अघिल्लो दिन बल्ल प्रशासनले अनुशन्धान प्रतिवेदन अदालतमा पठाएको हो ।
काठमाडौंको प्रमूख जिल्ला अधिकारीमा भोली सोमवारदेखि बसन्त गौतमले कार्यभार सम्हाल्दै हुनुहुन्छ । प्रमूख जिल्ला अधिकारीमा गौतले कार्यभार सम्हाल्न आउने अघिल्लो दिन मात्रै प्रशासनले अनुशन्धान प्रतिवेदन पठाएको हो । समाजको नविकरण नहुनुको कारणबारे पुनरावेदन अदालत पाटनले चार महिना अघि जिल्ला प्रशासन कार्यालय काठमाडौमा माग गरेको जवाफ प्रशासन बल्ल आज आइतवार पठाएको हो । Continue reading

By bluediamondsociety

Albania’s prime minister strongly supports the gay community

Dr. Sali Berisha, Albania’s prime minister, expressed his support of LGBT rights and gay marriage

22 APRIL 2013 | BY DAN LITTAUER
Albanian Prime Minister, Dr. Sali Berisha met with Xheni Karaj and Kristi Pinderi, local gay activists, expressing his full support for LGBT rights in the country

Albanian Prime Minister, Dr. Sali Berisha met with local gay activists expressing his full support for LGBT rights in the country.

In the first ever meeting of its kind, Berisha, of the right-wing Democratic Party, welcomed today (22 April) two Albanian LGBT activists, Xheni Karaj and Kristi Pinderi.

He is the first Albanian PM to do so, after being the first Albanian politician to have declared himself in favor of same sex marriage, almost 4 years ago, after the elections of 2009. Continue reading

By bluediamondsociety

भूमिका खोज्दै भूमिका

bhumika_shrestha

स्टेजमा उक्ल‘दा उनको गह टिलपिल थियो । आशु पोखिनै लागेको । मन भक्कानिएको थियो । रोइदिउँ जस्तो नलागेको पनि होइन उनलाई । तर, मन थामिन् । रोइनन् । भनिन् “मलाई रुन मन लागिरहेको छ । तर म रुन्न । म आत्मविश्वास स‘गालेर तपाईहरूस‘ग बोल्छु ।” प्रसङ्ग हो, नइ पुरस्कार वितरण समारोहमा भूमिका श्रेष्ठले पुरस्कार थाप्दै गर्दाको दृश्यको । यौनिक, लैङ्गिक तथा अल्पसंख्यक समुदाय अर्थात् समलिङ्गी, तेस्रोलिङ्गीको हक–अधिकारका लागी झण्डै एक दशकदेखि संघर्षरत उनले २० हजार धनराशी रहेको यस वर्षको नइ रामलक्ष्मी पुरस्कार ग्रहण गर्दै गर्दाको छोटो क्षणमा आफ्नो विगत सम्झिन् । सम्झिन मन थिएन । तर आफै आइदिए । एकपछि अर्को । स्मृतिका पानाहरू पल्टिदै गए । पल्टिदै गए । Continue reading

By bluediamondsociety

निलहिरा समाज नविकरणको आशा पलायो

समलिङ्गि तथा तेस्रो लिङ्गि समुदायमा अब भने आफ्नो संस्था निलहिरा समाज नविकरण हुने आशा पलाएको छ । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी चूणामणी शर्माको सरुवा भएपछि उनीहरुमा नविकरणको आशा जागेको हो ।
सरकारले हिजो देश भरका ३१ प्रमुख जिल्ला अधिकारीको सरुवा हुंदा शर्माको पनि सरुवा भएपछि अब आउने प्रमुख जिल्ला अधिकारीले संस्था नविकरण गरिदिने विश्वास रहेको निलहिरा समाजका संस्थापक अधयक्ष सुनिलबाबु पन्तले बताए ।
“अनावश्यक शर्त अघि सार्दै शर्माले संंस्थाको नविकरण रोकिराखेका थिए, पन्तले भने हामिले सबै कानूनी प्रकृया पुर्‍याउदा पनि हामिलाई शर्माले दु:ख दिइरहे, यसरी उनले अब कसैलाई पनि दु:ख नदिउन हामी कामना गर्छौं ।” Continue reading

By bluediamondsociety

समलिङ्गी तेश्रोलिङ्गीमाथि हुने हिंसा अपराध : राष्ट्रसंघ

काठमाडौं, बैशाख ३- संयुक्त राष्ट्रसंघको मानवअधिकार आयोगले विश्वभरनै समलिङ्गी /तेस्रो लिङ्गीमाथि हिंसा हुने गरेको बताएको छ ।

मानव अधिकार, यौनिक तथा लैङ्गिक पहिचान विषयमा ओस्लोमा सम्पन्न सम्मेलनले सार्वजनिक गरेको प्रतिवेदनले समलिङ्गी तेश्रोलिंगीहरुमाथि सार्वजनिक स्थलमा गम्भीर प्रकृतिको मानसिक तथा शारीरिक यातना हुने गरेको बताएको छ । Continue reading

By bluediamondsociety