समलिंगी तेश्रोलिंगीलाई एचआइभी संक्रमण हुन नदिने समाजको काम प्रभावकारी

अम्विका दाहाल /काठमाडौं -समलिंगी तेश्रोलिंगीलाई एचआइभी एड्स हुन नदिने नील हिरा समाजले संचालन गरिरहेको कार्यक्रम प्रभावकारी भएको पाइएको छ । समलिंगी तेश्रोलिंगीको मानवअधिकार, शिक्षा, स्वास्थ्य, रोजगार लगायतका क्षेत्रमा काम गर्दै आएको समाजले एचआइभी एड्स हुन नदिन संचालन गरेको कार्यक्रम प्रभावकारी भएको पाइएको हो । सेभ द चिल्ड्रेन र राष्ट्रिय स्वास्थ्य शिक्षा तथा यौन रोग नियण्त्रण केन्द्रले ललितपुरमा गरेको एक दिने प्रदर्शनीमा सहभागीले समाजले एचआइभी एड्सका क्षेत्रमा संचालन गरेको कार्यक्रम प्रभावकारी भएको बताएका हुन् । 
महिला र पुरुषलाई भन्दा समलिंगी तेश्रोलिंगीलाई एचआइभीको संक्रमण धेरै हुने भएकाले अझ धेरै जनचेतनाको खाँचो रहेको सहभागीले बताए । समाजले एचआइभी संक्रमित समलिंगी तेश्रोलिंगीलाई एड्स हुन नदिन औषधी वितरण, हेरविचार, स्यार सुसार गर्दै आएको समाजका राष्ट्रिय कार्यक्रम संयोजक प्रकाश निरौलाले जानकारी दिए । समलिंगी तेश्रोलिंगी एचआइभीको जोखिममा रहेको बताउँदै निरौलाले अझ धेरै काम गर्न सहयोगको अपेक्षा गरेको बताए ।

???????????????????????????????
नील हिरा समाजका प्रमूख प्रशासक एवं कार्यक्रम संयोजक परसु राईले बाँचे मात्रै संसार देख्न सकिन्छ भन्ने उद्धेश्यले एचआइभी संक्रमितको क्षेत्रमा काम गरेको बताए । एचआइभी कुनै रोग नभएको वताउँदै राईले संक्रमितलाई उचित राहत दिएर माया गरे सामान्य मानिस सरह जीवन निर्वाह गर्न सक्ने बताए । समाजले अव एचआइभी संक्रमित आमाबाट जन्मिएका १८ बर्ष मुनिका समलिंगी तेश्रोलिंगी बालबालिकालाई सामाजिक सुरक्षा कार्यक्रम संचालन गर्ने जनाएकोे छ । ???????????????????????????????
समलिंगी तेश्रोलिंगी खुलेर आउनै मान्दैनन्, आएकाले पनि एचआइभी संक्रमित भएको भन्दैनन् नील हिरा समाजका प्रमूख प्रशासक एवं कार्यक्रम संयोजक परसु राई भने, सबैले मानवोचित व्यवहार गरे एचआइभी संक्रमितलाई सेवा दिन कुनै समस्या छैन । राईले एचआइभीको क्षेत्रमा काम गर्न सेभ द चिल्ड्रेन र राष्ट्रिय स्वास्थ्य शिक्षा तथा यौन रोग नियण्त्रण केन्द्रबाट अझ धेरै सहयोगको अपेक्षा गरेको बताए ।  ???????????????????????????????
नेपालमा अहिले ४८ हजार ५ सय एचआइभी संक्रमित भएको अनुमान छ । त्यसमध्ये २ हजार ९ सय ९४ जनामा रक्त परीक्षण गर्दा एचआइभी संक्रमण भएको पुष्टी भएको सेभ द चिल्ड्रेन नेपालकी प्रमूख तारा क्षेत्रीले जानकारी दिइन । सेभ द चिल्ड्रेनका सल्लाहकार आशिष सिनालले अवको कार्यक्रम एचआइभी संक्रमित बालबालिकाको सामाजिक सुरक्षामा केन्द्रीत गर्ने जानकारी दिए । एचआइभी संक्रमित बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्यका लागि सामाजिक सुरक्षा कार्यक्रम संचालन गर्न लागिएको सिनालले जानकारी दिए ।
राष्ट्रिय स्वास्थ्य शिक्षा तथा यौन रोग नियण्त्रण केन्द्रका निर्देशक डाक्टर नरेशप्रताप केसीले एचआइभी संक्रमितको क्षेत्रमा भइरहेको काम संन्तोषजनक भएको बताए । प्रदर्शनीमा नील हिरा समाजका तेश्रोलिंगी कलाकारहरुले भन्छन यो जिन्दगी कर्कलाको पानी हो र डाँफे झै नाच्ने, हिमाल झै हास्ने नेपालकी छोरी हुँ म बोलको गीतमा गरेको नृत्यको प्रशंसा भएको थियो ।

By bluediamondsociety

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s