समलिङ्गी तेश्रोलिङ्गीलाई चुनावमा उम्मेदवार बनाउने काँग्रेसको तयारी

Prakhasha

विष्णु अधिकारी  जेठ १३ -नेपाली काँग्रेसले अव हुने संविधानसभा चुनावमा समलिङ्गी तेश्रोलिङ्गीलाई उम्मेदावर बनाउने तयारी गरेको छ । राज्यका हरेक नीति निर्माण तहमा समलिङ्गी तेश्रोलिङ्गीको प्रतिनिधित्व सुनिश्चित गराउनका लागि चुनावमा उम्मेदवार बनाउने तयारी गरेको हो । काँग्रेस महामन्त्री प्रकाशमान सिंहले काँग्रेस समावेशिताको पक्षमा रहेको बताउँदै पार्टीको प्रक्रिया पूरा गरेर समलिङ्गी तेश्रोलिङ्गीलाई पनि अवको चुनावमा उम्मेदवार बनाउन पहल गर्ने प्रतिवद्धता जनाए । Continue reading

By bluediamondsociety

नागरिकता पाउनै समस्या ः समलिंगी तेश्रोलिंगी

blue-diamond-society-logo

भक्तपुर जेठ १०- समलिंगी तेश्रोलिंगीले पहिचान सहितको नागरिकता लिने प्रक्रिया झन्झटिलो भएको गुनासो गरेका छन् । शुक्रबारदेखि भक्तपुरमा जारी दुई दिने तालिममा सहभागी समलिंगी तेश्रोलिंगीले पहिचान सहितको नागरिकता लिने प्रक्रिया झण्झटिलो भएको गुनासो गरेका हुन् ।
गृहमन्त्रालयले पहिचान अनुसार अन्य उल्लेख गरेर नागरिकता दिन परिपत्र जारी गरेपनि आफूहले अन्य उल्लेख भएको नागरिकता पाउन झण्झट व्यहोर्नु परेको तेश्रोलिंगी सिमरन शेरचनले बताइन । Continue reading

By bluediamondsociety

समलिङ्गी तेश्रोलिङ्गीलाई नीति निर्माण तहमै पुर्‍याउ : भूमिका श्रेष्ठ

नरेश फुयांल । काठमाडौं,८ जेठ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले आगामी संविधानसभाको निर्वाचनमा आफ्नो पार्टीले समाजका सबै पक्षलाई समेटेर लैजाने बताएका छन् । सबैका अधिकार सुनिश्चित गर्न कांग्रेस सबैसंग सकार्य गरेर निर्वाचनमा जाने उनको भनाई छ । Continue reading

By bluediamondsociety

संविधानमै अधिकार सुनिश्चत गर्न भूमिका चुनावी दौडधुपमा

नरेश फुयांल । नेपाली कांग्रेसका युवा नेता रामकृष्ण चित्रकारले आफ्नो पार्टीले मात्र समलिङ्गी तेश्रो लिङ्गीका मुद्धा उठाउन सक्ने बताएका छन् । विगटित संविधानसभामा कांग्रेसले समलिङ्गी तेश्रो लिङ्गीका मुद्धा जोडदारसाथ उठाएको उनको दाबी छ ।
समलिङ्गी तेश्रो लिङ्गी मानवअधिकारकर्मी भूमिका श्रेष्ठसंगको कुराकानीमा चित्रकारले तत्कालिन संविधान सभामा नेकपा संयुक्तका तर्फबाट सभासद बनेका सुनिलबाबु पन्तसंगै आफुसहित नेपाली कांग्रेसका सभासदहरुले यौनिक तथा लैङ्गिक अल्पसंख्यकका कुरा उठाउदा ततकालिन नेकपा माओवादीका सभासदहरु हांस्ने गरेको उनले स्मरण गरे । Continue reading

By bluediamondsociety

RIP Shivananda Khan: a tribute from APCOM

shivananda_khan
SHIVANANDA DUNCAN GEORGE KHAN, OBE
(JUNE 6, 1948 – MAY 20, 2013)
Committed, passionate, inspiring, nurturing, visionary. Shivananda Khan was all of these, as he forged a pioneering path across the decades in helping achieve rights and equality for LGBT individuals and communities in diverse geographies and sociocultural environments from Europe to Asia and the Pacific. His death on May 20, 2013, in Lucknow, India, has robbed his organisation Naz Foundation International (NFI) of its charismatic leader, and has deeply shaken the many other organisations he helped nurture over the years, including the Asia Pacific Coalition on Male Sexual Health (APCOM). Continue reading
By bluediamondsociety

तपाई एचआइभी संक्रमणबाट जोगिन कति सचेत हुनुहुन्छ ?

HIV

विपना पनेरु/पोखरा, जेठ ७- उपचार गरेर पनि निको नहुने एचआइभीका कारण अहिले सम्म नेपालमा ३ हजार भन्दा धेरैको ज्यान गइसकेको छ । ७० हजारको हाराहारीमा एचआइभी संक्रमित रहेको अनुमान छ । यसमध्ये सबै भन्दा धेरै महिला छन् । तर महिलामा पनि एचआइभी संक्रमणमा परेका समलिङ्गी तेश्रोलिङ्गीको संख्या धेरै छ । Continue reading

By bluediamondsociety

समलिङ्गी तेश्रोलिङ्गीलाई सहयोग गर्न बेलायत तयार

नरेश फुयांल ।  जेठ ४- नेपालका लागि बेलायती कार्यबहाक राजदुत गाह्य ह्यारिसनले समलिङ्गी तेश्रोलिङ्गीको अधिकार प्राप्तीका लागि बेलायत सरकार जस्तो सुकै सहयोग गर्न तयार रहेको बताएका छन् । समलिङ्गी तेश्रोलिङ्गी घृणा बिरुद्धको अन्तराष्ट्रिय दिबसका अबसरमा शुक्रबार निलहिरा समाज र बेलायतको झण्डा संयुक्त रुपमा दुताबास परिसरमा झण्डोत्तलन गर्दै राजदुत ह्यारिसनले बेलायतले नेपालको अरु क्षेत्रमा सहयोग गरे जस्तै समलिङ्गी तेश्रो लिङ्गीको अधिकार र जिवन यापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । Continue reading

By bluediamondsociety

समलिङ्गी तेश्रोलिङ्गी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइयो

bds LOGO

 भवानी घिमिरे/ पहिचान, काठमाडौ जेठ ३ -समलिङ्गी तेश्रोलिङ्गी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइरहेँदा एक व्यक्तीको अभाव खड्किन पुग्यो । जो समलिङ्गी तेश्रोलिङ्गी व्यक्तीले अधिकार पाउनु पर्छ भनेर अन्तराष्ट्रिय स्तरमा वकालत गर्दै आउनु भएको छ । जो दक्षिण एसियाकै अभियन्ता समेत हुनुहुन्छ । उहाँको सल्लाह सुझाव अनुसार नेपालमा समलिङ्गी तेश्रोलिङ्गी घृणा विरुद्धको दिवस मनाइएको छ । उहाँ को हुनुहुन्छ र यति वेला कहाँ हुनुहुन्छ भन्ने कल्पना धेरैले गरेका होलान । तर धेरै मध्येका पनि केहीले उहाँको नाम दिए । जो यो विश्वमा पहिचान पाउनु पर्छ भनेर वकालत गर्ने नेपालका पहिलो व्यक्ती हुनुहुन्छ । Continue reading

By bluediamondsociety