खोइ त मलाई अधिकार नयाँ नेपालमा एल्वम बजारमा

काठमाडौं  साउन १६ समलिंगी तेश्रोलिंगीको कथा व्यथा र अधिकार प्राप्तीमा आधारित गिती एल्वम बजारमा आएको छ । तेश्रोलिंगी कलाकार श्याम राना (समिक्षा) को शव्द र स्वरमा गिती एल्वम बजारमा आएको हो । नेपालमा समलिंगी तेश्रोलिंगीको कथा व्यथा र अधिकारबारे गिती एल्वम बजारमा आएको यो नै पहिलो हो । 
घर, परिवार, समाज र राज्यबाट अधिकार विहिन हुनुपर्दाको पीडा व्यक्त गरिएको गिती एल्वमको समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता सुनिलबाबु पन्तले विमोचन गर्नुभयो । खोइ त मलाई अधिकार नयाँ नेपालमा नाम राखिएको एल्वमको विमोचन गर्दै अभियन्ता पन्तले अव पनि दविएर नबस्न सबै समलिंगी तेश्रोलिंगीलाई आग्रह गर्नुभयो ।
तिजको अवसर पारेर श्याम राना (समिक्षा)ले आफ्नै समूदायको कथा व्यथा र अधिकारबारे निकालेको यो पहिलो गिती एल्वम हो । यसअघि समलिंगी तेश्रोलिंगी केन्द्रीत नभएका श्यामका गिती एल्वम बजारमा आइसकेका छन् ।
समलिंगी तेश्रोलिंगी समूदायको संस्था नील हिरा समाजले गीतबाट आफ्ना समूदायका पीडा व्यक्त गर्ने अवसर पाएकोमा कलाकार श्याम राना ( समिक्षा)लाई धन्यवाद दिएको छ ।

By bluediamondsociety

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s