आफ्नो समूदायलाई उम्मेदवार नवनाएकोमा सयौं समलिंगी तेश्रोलिंगी दुखी

UML

काठमाडौं  कार्तिक १२ – नेकपा एमाले समलिंगी तेश्रोलिंगीको अभिभावक पार्टी हो । अब तपाईंहरुले अधिकार प्राप्तिको अभियानमा आफूलाई एक्लो नठान्नुहोला ।’ भदौ १७ गते एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष झलनाथ खनालले यसो भनेपछि समलिंगी–तेस्रोलिंगी कम्ता खुशी थिएनन् । खनालको अभिव्यक्ति सुनेपछि सयौं समलिंगी–तेस्रो लिंगीको तालिको गडगडाहटले एमाले केन्द्रीय कार्यालय गुञ्जायमान भयो । Continue reading

By bluediamondsociety

समलिंगी पुरुषको सौन्दर्य प्रतियोगितामा १८ जनाले सहभागिता जनाउने

Nilhira

काठमाडौं (पहिचान) कार्तिक ११ दक्षिण एसियामा पहिलो पटक नेपालमा हुने समलिंगी पुरुषको सौन्दर्य प्रतियोगितामा १८ जना पुरुष समलिंगीले सहभागिता जनाउने भएका छन् । प्रतियोगिता कात्तिक १६ गते काठमाण्डुको राष्ट्रिय नाँचघर जमलमा हुनेछ । समलिंगी पुरुषको पहिचान तथा उनीहरुलाई समाजमा स्थापित गराउने मुख्य उद्धेश्यका साथ नील हिरा समाज काठमाण्डु शाखाले समलिंगी पुरुषबीच सौन्दर्य प्रतियोगिता आयोजना गर्न लागेको हो । Continue reading

By bluediamondsociety

निशुल्क सीप मुलक तामिममा समलिंगी तेश्रोलिंगी सहभागी हुन पाउने

Health

काठमाडौ  कार्तिक १० – विश्व वैंकको आर्थिक सहयोगमा संचालन हुन लागेको निशुल्क सीप मुलक तालिममा समलिंगी तेस्रोलिंगीलाई समावेश गराउन सकिने तालिम दिने संस्थाहरुले आश्वासन दिएका छन् । समलिंगी तेस्रोलिंगीको साझा संस्था नील हिरा समाजले तालिममा महिला र पुरुष मात्रै समावेश हुन पाउने सरकारी सूचनाले तालिममा सहभागी हुन पाउने अधिकारबाट आफूहरु बञ्चित भएको भन्दै आपत्ती जनाएपछि तालिम दिने संस्थाहरुले समलिंगी तेश्रोलिंगीलाई तालिममा सहभागी गराउन सकिने आश्वासन दिएका हुन् ।  Continue reading

By bluediamondsociety

मतदाता नामावलीमा १ सय ५५ जना तेश्रोलिंगी, राज्यले खुल्ने वातावरण बनाएन ः अध्यक्ष गुरुङ

election

काठमाडौं  कार्तिक १० -मंसिर ४ गते हुने संविधान सभा चुनावमा देशभरबाट १ सय ५५ जना तेश्रोलिंगीले फोटो सहितको मतदाता नामावलीमा नाम लेखाएको निर्वाचन आयोगले जनाएको छ । मतदाता नामावलीमा तेश्रोलिंगी उल्लेख गरेर १ सय ५५ जनाले नाम लेखाएको आयोगले जनाएको छ ।

यौनिक पहिचान अनुसार तेश्रोलिंगी उल्लेख गरेर नागरिकता लिएका तेश्रोलिंगी मतदाता १ सय ५५ जना रहेका हुन् । आफ्नो यौनिक पहिचान अनुसार नागरिकता लिन नपाएका समलिंगी तेश्रोलिंगीले पूरानो नागरिकतामा महिला भए महिला या पुरुष भए पुरुषनै उल्लेख गरेर मतदाता नामावलीमा नाम लेखाएकाले संख्या धेरै कम देखिएको नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले जानकारी दिइन । Continue reading

By bluediamondsociety

वागमती सफाईमा समलिंगी तेश्रोलिंगी

???????????????????????????????

काठमाडौं  कार्तिक ९ – मलाई एकदमै खुशी लागिरहेको छ । विगतमा फरक यौनिकता भएकै कारण कति धेरै विभेद खेप्नु पर्र्यो । तर आज मलाई सबैले सम्मान गरेको पाए । मलाई धेरै प्रोत्साहन मिलेको छ । सरकारका मूख्य सचिव लिलामणी पौडेललाई पनि समलिंगी तेश्रोलिंगीबारे जानकारी दिन पायौ । ढलमती बनेको वागमती नदी सफाईमा सहभागी यौनिक तथा लैगिंक अल्पसंख्यक विद्यार्थी मञ्चका अध्यक्ष भक्ती शाहले भने ः लुकेर बस्दा होइन, खुलेर आउँदा सम्मान पाइदो रहेछ । Continue reading

By bluediamondsociety

समानुपातिक तर्फ ३ जना समलिंगी तेश्रोलिंगीको उम्मेदवारी

sss

काठमाडौं कार्तिक ८ मंसिर ४ गते हुने संविधान सभा चुनावमा समानुपातिक तर्फ तीन जना समलिंगी तेश्रोलिंगीले उम्मेदवारी दिएका छन् । राष्ट्रिय जनमुक्ती पार्टीले यम वहादुर राना आनिक, नेपाल सद्भावना गजेन्द्रबादीले रज्जक अली हलुवाई र नेपाल राष्ट्रिय सेवा दलले विनिता सिंहलाई समानुपातिक तर्फको उम्मेदवार बनाएको हो । समानुपातिक तर्फको अन्तिम नामावलीमा परेका आनिकले रुपन्देहीमा, हलुवाईले बाँकेमा र सिंहले बझाङमा चुनावी प्रचार थालिसकेका छन् । Continue reading

By bluediamondsociety

समलिंगी तेश्रोलिंगीले आफ्नो अधिकार लेख्न नपाउने नै हो ? जवाफ चाहियो ।

sss

काठमाडौं (पहिचान) कार्तिक ६ राजनीति फोहोरी खेल रहेछ । गुलिया आश्वासन दिने र मुतको न्यानो बनाउने राजनीति रहेछ । कहिले दलको पछाडि नलागी आफ्नो अधिकारका लागि सक्रिय तेश्रोलिंगी शिल्पा चौधरीको यो भनाई आफूलाई मै हुँ भन्ने राजनीतिक दललाई तितो लाग्न सक्छ । तर यो बास्तविकता भइदियो ।
एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेले दोश्रो पटक हुन लागेको संविधान सभा चुनावमा पनि समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व गराउने आश्वासन दिए तर प्रत्यक्ष तर्फको २ सय ४० निर्वाचन क्षेत्र र समानुपातिक तर्फको ३ सय ३५ सदस्यीय बन्दसूचिमा एक जना समलिंगी तेश्रोलिंगीको नाम राख्न सकेनन् । Continue reading

By bluediamondsociety

समलिंगी तेश्रोलिंगीलाई नागरिकता नदिनुको कारण माग

nepal supreme court

काठमाडौं (पहिचान) कार्तिक ५ -सर्वोच्च अदालतले समलिंगी तेश्रोलिंगीलाई अन्य उल्लेख गरेर नागरिकता नदिनुको कारण माग गरेको छ । नील हिरा समाजका संस्थापक सुनिलवावु पन्त, अध्यक्ष पिंकी गुरुङ, तेश्रोलिंगी आनिक राना सहितले असोज १६ गते दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले नागरिकता नदिनुको कारण देखाउ आदेश जारी गरेर अग्राधिकारमा राख्ने निर्णय गरेको सर्वोच्चका सहप्रवक्ता बाबुराम दाहालले जानकारी दिए । Continue reading

By bluediamondsociety

एचआइभी संक्रमण हुन नदिने चेतना दिदै कण्डम दिवस मनाइयो

???????????????????????????????

काठमाडौं ( पहिचान) कार्तिक २ नील हिरा समाजले निशुल्क कण्डम वितरण गरेको छ । एचआइभी संक्रमण हुन नदिन कण्डम प्रयोग गरेर सुरक्षित यौन सम्पर्क गर्नु पर्ने सन्देश सहित समाजले निशुल्क कण्डम वितरण गरेको हो । चेतनाको कमीका कारण धेरै समलिंगी तेश्रोलिंगी एचआइभी संक्रमित हुनु परेको भन्दै समाजले संक्रमण हुन नदिन कण्डमको प्रयोग गर्नु पर्ने सन्देश सहित कण्डम वितरण गरेको हो । Continue reading

By bluediamondsociety

म्यादी प्रहरीमा तेश्रोलिंगी

Nilhira

सप्तरी (पहिचान) असोज २७ – मंसिर ४ गते हुने संविधान सभा चुनावको सुरक्षामा खटिने म्यादी प्रहरीमा एक जना तेश्रोलिंगी छनौट भएका छन् । सरकारले चुनावमा खटाउन लागेको म्यादी प्रहरीमा एक जना तेश्रोलिंगी छनौट भएका हुन् ।
म्यादी प्रहरीमा भर्ना हुन सप्तरीकी तेश्रोलिंगी सरिता कुमारी यादवले दरखास्त दिएकी थिइन । सप्तरीकी तेश्रोलिंगी यादव म्यादी प्रहरीमा भर्ना भएकी समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता एवं पूर्व सभासद् सुनिलवावु पन्तले जानकारी दिए । नील हिरा समाजले तेश्रोलिंगी यादव म्यादी प्रहरीमा भर्ना भएकोमा खुशी व्यक्त गरेको छ ।

By bluediamondsociety