“बाघलाई घांस खुवाउदा के त्यो प्राक्रितिक हुन्छ ?”

sunil

नरेश फुयांल–काठमाडौं–२९ भदौ । “मलाई एक टेलिभजन पत्रकारले सोधे तपाईहरु समलिङ्गि तेस्रोलिङ्गि भन्दै हिड्नु हुन्छ । त्यसो भए खोइ मलाई पहिलो र दोस्रोलिङ्गि देखाई दिनुस् । मैले भने तपाइको यो टेलिभजनको स्लोगन तेस्रो आखा भन्ने छ । मैले दुइटा आखा त देखेको छु, मलाई तेस्रो आखा कुन हो स्पष्ट पारिदिनुस् । उसले भन्यो अरुले नदेखेको बिशेष समाचार हामी खोज्छौं त्यसैले तेस्रो आखा भनेको हो । मैले पनि उसलाई भनिदिए हामी पुरुष पनि हैनौं, महिला पनि हैनौं । यी दुई लिङ्गको बीचको भएकाले हामी तेस्रोलिङ्गि हौं ।”

राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा समलिङ्गि तेस्रोलिङ्गि अभियान्ता सुनिलबाबु पन्तले यसो भन्दा विश्वभाषा क्याम्पसको एउटा हलमा खचाखच भरिएका शिक्षक तथा पत्रकारहरु गलल्ल हांसे । छेवैमा रहेका महिला हुन् की पुरुष हुन् ? भन्ने लाग्ने तेस्रोलिङ्गि पुरुष भक्ति शाह मुस्कुराए । तर बोलेनन् । समलिङ्गि तेस्रोलिङ्गिबारे केहीकुरा सुने पनि धेरैकुरा नबुझेका र उनीहरुसंग अन्तरङ्ग कुराकानी गर्ने मौका नपाएका शिक्षहरुले आफ्ना दुइ आंखा भक्ति तर्फ सोज्याए । सायद यसअघी उनीहरुले भक्तिलाई विपरित लिङ्गिनै भनिरहेका हुदाहुन् ।

समलिङ्गि तेस्रोलिङ्गि अभियान्ता पन्तले पेपर प्रिजेण्टेसन गरिरहदा शिक्षहरुका जिज्ञासाहरुले एकले अर्कोलाई ओभरल्याप गरिरहेका थिए । त्यसले के देखाउथ्यो भने अझै पनि समाजका एकेडेमिक ब्यक्तिहरु नै यौनिक तथा लैङ्गिक अल्पसंख्यकप्रती अनविज्ञ छन् । “दाई अझै पनि हाम्रो समुदायप्रति टिचरहरुलाई नै थाहा छैन, अरुको त के कुरा, अझै अर्को पुष्ता पनि यस्तै हो भने समलिङ्गि तेस्रोलिङ्गिबारे अनविज्ञ नै हुने भयो ।” कार्यक्रमको चाजोपाजो मिलाएर छेवैमा उभिएका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय अन्तरगतको स्टुडेण्ट फोरमका अध्यक्ष समेत रहेका भक्ति शाहले चिन्ता मिश्रीत स्वरमा मेरो कानमा फुस्फुस्याए । “अव बुझ्छन््” कत्तिन जान्ने टोपलिएर मैले आश्वस्थ पार्ने प्रयास गरें उस्तै सानो स्वर, तर आशावादी भावमा उसैगरी उनको कानमा मुख जोडेर ।

bhakti 1

यौनिक तथा लैङ्गिगिक अल्पसंख्यकबारे बुझाउन नीलहिरा समाले आयोजना गरेको उक्त कार्यक्रममा सरकारी सामुदायीक तथा नीजि स्कुलक तथा कलेजका गरि करिब ५ दर्जन शिक्षक शिक्षीका सहभागी थिए । सुरुमा खासै नबुझेको बताएका शिक्षक शिक्षीकाहरुले अन्त्यमा आंफुहरुले उक्त प्रशिक्षण कार्यक्रम पछि समलिङ्गि तेस्रोलिङ्गिबारे धेरै कुरा बुझेको बताएका थिए । सुरुमा समलिङ्गि तेस्रोलिङ्गि केहो ? भनेर पटक पटक एउटै प्रश्न दोहोर्‍याएका शिक्षक शिक्षीकाहरुले यौनिकता परिवर्तनको सम्भावना, त्यसको फाइदा बेफाइदा, धार्मीक तथा ऐतिहांसिक पृष्ठभुमी, लगायतका कुरामा जिज्ञासा राखेका थिए ।

“समलिङ्गि तेस्रोलिङ्गि अप्राक्रितिक हुन पनि हामीलाई आरोप लाग्छ, मांसाहारी भन्दा साकाहारी भोजन स्वास्थ्यलाई फाइदाजनक भनेर बाघलाई घांस ख्वाइयो भने त्यो प्राक्रितिक हो की अप्राक्रितिक तपाइहरु जवाफ दिनुस्,–पनतले भने,“मलाई सानै देखी केटीप्रति आकर्षण थिएन, जबरजस्ती मलाई केटी जिस्काउन साथीहरु उक्साउथें, मलाई मनैदेखी त्यो चाहाना नभएपनि मलाई समाज र घरका लागि पनि विपरित लिङ्गि हुनु पर्छ भन्ने लाग्थयो । कतिलाई त मेरो पनि फलानो केटीसंग अफेयर लचिराछ भनेर ढांटे पनि तर म पिरित लिङ्गि चाहेर पनि कहिल्यै हुन सकिन ।” पन्तले भने,–“यहि हो प्राक्रितिक पन भनेको, कहिल्यै वास्तविकता लुक्दैन ।”

हरेक राष्ट्रमा ८ देखी १० प्रतिसत यौनिक तथा लैङ्गिगिक अल्पसंख्यक हुने भन्दै पन्तले राज्यमा सबैनागरिक समान रुपले बाच्न र अधिकार उपभोग गर्न पाउनु पर्ने भन्दै त्यसका लागि सबै पक्षको सहयोग र सद्भाव आवश्यक रहेको बताए ।

By bluediamondsociety

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s