नरेश फुयांल । काठमाडौं,८ जेठ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले आगामी संविधानसभाको निर्वाचनमा आफ्नो पार्टीले समाजका सबै पक्षलाई समेटेर लैजाने बताएका छन् । सबैका अधिकार सुनिश्चित गर्न कांग्रेस सबैसंग सकार्य गरेर निर्वाचनमा जाने उनको भनाई छ । Continue reading
संविधानमै अधिकार सुनिश्चत गर्न भूमिका चुनावी दौडधुपमा
22 Mayनरेश फुयांल । नेपाली कांग्रेसका युवा नेता रामकृष्ण चित्रकारले आफ्नो पार्टीले मात्र समलिङ्गी तेश्रो लिङ्गीका मुद्धा उठाउन सक्ने बताएका छन् । विगटित संविधानसभामा कांग्रेसले समलिङ्गी तेश्रो लिङ्गीका मुद्धा जोडदारसाथ उठाएको उनको दाबी छ ।
समलिङ्गी तेश्रो लिङ्गी मानवअधिकारकर्मी भूमिका श्रेष्ठसंगको कुराकानीमा चित्रकारले तत्कालिन संविधान सभामा नेकपा संयुक्तका तर्फबाट सभासद बनेका सुनिलबाबु पन्तसंगै आफुसहित नेपाली कांग्रेसका सभासदहरुले यौनिक तथा लैङ्गिक अल्पसंख्यकका कुरा उठाउदा ततकालिन नेकपा माओवादीका सभासदहरु हांस्ने गरेको उनले स्मरण गरे । Continue reading
RIP Shivananda Khan: a tribute from APCOM
22 May(JUNE 6, 1948 – MAY 20, 2013)
तपाई एचआइभी संक्रमणबाट जोगिन कति सचेत हुनुहुन्छ ?
21 May
विपना पनेरु/पोखरा, जेठ ७- उपचार गरेर पनि निको नहुने एचआइभीका कारण अहिले सम्म नेपालमा ३ हजार भन्दा धेरैको ज्यान गइसकेको छ । ७० हजारको हाराहारीमा एचआइभी संक्रमित रहेको अनुमान छ । यसमध्ये सबै भन्दा धेरै महिला छन् । तर महिलामा पनि एचआइभी संक्रमणमा परेका समलिङ्गी तेश्रोलिङ्गीको संख्या धेरै छ ।
जनचेतनाको कमीका कारण भन्नुपर्छ, अहिले पनि असुरक्षित यौन सम्पर्क गर्नाले एचआइभी संक्रमित हुने गरेको छ । संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्याङक अनुसार विश्वमा एचआइभी संक्रमण हुनेको संख्यामा कमी आएको छ । राष्ट्र संघको तथ्याङक अनुसार सन् १९९९ को तुलनामा वितेको १० बर्षको अवधीमा एचआइभी संक्रमण २० प्रतिशतले घटेको छ ।
घर परिवार, समाज र राज्यबाट हरेक विषयमा विभेदमा परेका समलिङ्गी तेश्रोलिङ्गीलाई एचआइभी संक्रमण हुन नदिन नील हिरा समाजले विभिन्न चेतना मुलक कार्यक्रम संचालन गर्दै आएको छ । चेतना जगाउने मात्रै नभएर एचआइभी संक्रमित समलिङ्गी तेश्रोलिङ्गीको हेरचाह, खानेबस्ने व्यवस्थामा नील हिरा समाजले सहयोग गरिरहेको छ । पोखरामा रहेको नील हिरा समाजको शाखा कार्यालय कम्युनिटी सपोर्ट गु्रपले गएको आइतवार एचआइभी संक्रमणबाट ज्यान गुमाएका व्यक्तीको सम्झना र एचआइभी संक्रमण हुन नदिने उद्धेश्यका साथ कुनै तामझाम नगरी ३० औ अन्तराष्ट्रिय मैनवत्ती प्रज्वलन गरेको छ
एचआईभी एड्सका कारण ज्यान गुमाएकाको सम्झनामा तथा एड्सका कारण कोही पनी मर्न नपरोस् भन्ने सन्देश दिदै पोखराको वि पी चोकमा मैनवत्ती प्रज्ज्वलन गरिएको हो । पश्चिम क्षेत्र एचआईभी एड्स सन्जाल र जिल्ला एड्स समन्वय समिति कास्कीले आयोजना गरेको कार्यक्रममा एचआईभीको क्षेत्रमा कार्यरत संद्यसस्थांका प्रतीनीधीको सहभागीता रहेको थियो ।
कार्यक्रममा कम्युनीटी सर्पोट गू्रप पोखराका कार्यकारी नीर्देशक दीलीप गुरुङ्गले एचआइभी संक्रमण हुन नदिन विभिन्न चेतना मुलक कार्यक्रम संचालन भइरहेको जानकारी दिए । महीला मन्जका गोपाल श्रेष्ठ र एचआईभी एड्सका कारण ज्यान गुमाएकाको सम्झनामा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र पश्चिममान्चलका अनुगमन अधिकृत ववीन नेपाली एचआईभी सक्रमण दरलाई शुन्यमा झार्न सवै पक्ष एकजुट हुनुपर्ने वताए ।
समलिङ्गी तेश्रोलिङ्गीलाई सहयोग गर्न बेलायत तयार
20 May
नरेश फुयांल । जेठ ४- नेपालका लागि बेलायती कार्यबहाक राजदुत गाह्य ह्यारिसनले समलिङ्गी तेश्रोलिङ्गीको अधिकार प्राप्तीका लागि बेलायत सरकार जस्तो सुकै सहयोग गर्न तयार रहेको बताएका छन् । समलिङ्गी तेश्रोलिङ्गी घृणा बिरुद्धको अन्तराष्ट्रिय दिबसका अबसरमा शुक्रबार निलहिरा समाज र बेलायतको झण्डा संयुक्त रुपमा दुताबास परिसरमा झण्डोत्तलन गर्दै राजदुत ह्यारिसनले बेलायतले नेपालको अरु क्षेत्रमा सहयोग गरे जस्तै समलिङ्गी तेश्रो लिङ्गीको अधिकार र जिवन यापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । Continue reading
समलिङ्गी तेश्रोलिङ्गी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइयो
20 Mayभवानी घिमिरे/ पहिचान, काठमाडौ जेठ ३ -समलिङ्गी तेश्रोलिङ्गी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइरहेँदा एक व्यक्तीको अभाव खड्किन पुग्यो । जो समलिङ्गी तेश्रोलिङ्गी व्यक्तीले अधिकार पाउनु पर्छ भनेर अन्तराष्ट्रिय स्तरमा वकालत गर्दै आउनु भएको छ । जो दक्षिण एसियाकै अभियन्ता समेत हुनुहुन्छ । उहाँको सल्लाह सुझाव अनुसार नेपालमा समलिङ्गी तेश्रोलिङ्गी घृणा विरुद्धको दिवस मनाइएको छ । उहाँ को हुनुहुन्छ र यति वेला कहाँ हुनुहुन्छ भन्ने कल्पना धेरैले गरेका होलान । तर धेरै मध्येका पनि केहीले उहाँको नाम दिए । जो यो विश्वमा पहिचान पाउनु पर्छ भनेर वकालत गर्ने नेपालका पहिलो व्यक्ती हुनुहुन्छ । Continue reading

