समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तिका अभियन्ता पन्त नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा

काठमाडौं -यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता एवं पूर्व सभासद् सुनिल बाबु पन्त नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा परेका छन् । विश्वकै सर्वोत्कृष्ट पुरस्कार मानिने नोबेल शान्ति पुरस्कारमा मनोनयनमा परेका २ सय ७८ जना मध्ये पन्त पनि परेका हुन् । यो विधामा रसियाका इगोर कोचेकोभ, युगाण्डाबाट फ्रान्क मुगिसा, नेपालबाट सुनिलवावु पन्त र अन्तराष्ट्रिय लेसवियन, गे, बाइसेक्सुयल, ट्रान्स र इन्टरसेक्स एसोसिएसन परेका छन् ।नोबेल शान्ति पुरस्कारको आधिकारिक साइटमा यो वर्ष २ सय ७८ जनाको नाम सिफारिस भएको उल्लेख छ । कुनै पनि देशको सरकार, सांसदहरु, पुरस्कार पाइसकेका व्यक्ति, संस्थाले भने नोबेल पुरस्कारका लागि जो कोहीलाई पनि सिफारिस गर्न सक्छन् । त्यही सुविधा अनुसार यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेश्रोलिंगीको अधिकारका क्षेत्रमा विशेष योगदान पुर्याएकाले नर्वेका सभासद्हरुले नेपालबाट पन्तको नाम पुरस्कारका लागि मनोनयन गर्न सिफारिस गरेका हुन् । पुरस्कार आउँदो अक्टोवर महिनामा घोषणा गरिनेछ । Continue reading

By bluediamondsociety

समलिंगी तेश्रोलिंगीको जिन्दगीसँग जोडिएको मुद्धामा खेलवाड नगर्न आग्रह

काठमाडौं (पहिचान) फागुन २९ -नील हिरा समाजको कार्यवहाक कार्यकारी निर्देशकको जिम्मेवारी मनिषा ढकालले सम्हालेकी छिन । लामो समयदेखि समाजको उपकार्यकारी निर्देशक रहेकी ढकालले अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेकी हुन् । समाजका कार्यकारी निर्देशक सुदीपवहादुर सिंहले पदबाट राजिनामा दिएपछि ढकालले कार्यवहाकको जिम्मेवारी पाएकी हुन् । सिंहले एक महिना अगाडि कार्यकारी निर्देशकको पदबाट राजिनामा दिएका थिए । कार्यवाहक कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेपछि ढकालले आफूमा जिम्मेवारी बढेको अनुभव भएको बताइन । Continue reading

By bluediamondsociety

तेश्रोलिंगी भएकै कारण शिक्षा लिने अवसरबाट बञ्चित हुन नदिने

काठमाडौं -सरकारले समलिंगी तेश्रोलिंगी भएकै कारण शिक्षा लिने अवसरबाट बञ्चित हुन नदिने प्रतिवद्धता जनाएको छ । सबैका लागि शिक्षा विषयमा काठमाण्डौमा भएको राष्ट्रिय कार्यशालामा सरकारले तेश्रोलिंगीलाई विद्यालय स्तरिय शिक्षा लिन पाउने अधिकारबाट वञ्चित हुन नदिने प्रतिवद्धता जनाएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता सहसचिव महाश्रम शर्माले तेश्रोलिंगी मैत्री विद्यालय बनाउने र नीति, नियम, ऐन, कानुन तेश्रोलिंगी मैत्री बनाउने बताए । प्रवक्ता शर्माले तेश्रोलिंगी मैत्री शिक्षाका लागि सुधार गर्नुपर्ने विषय लिखित रुपमा पनि उपलब्ध गराउन आग्रह गरे । Continue reading

By bluediamondsociety

समलिंगी तेश्रोलिंगीले “एक्स” उल्लेख गरेर एमआरपी पाउने

काठमाडौं -सरकारले यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेश्रोलिंगीलाई लिंगको महलमा एक्स उल्लेख गरेर एमआरपी दिने भएको छ । परराष्ट्र मन्त्रालय राहदानी विभागले लिंगको महलमा एक्स उल्लेख गरेर एमआरपी पासपोर्ट दिने भएको हो । विभागका महानिर्देशक रमेश खनालले लिंगको महलमा यौनिक तथा लैगिंक पहिचान उल्लेख गर्न परराष्ट्र मन्त्रालयबाट पत्र आएकाले अव छिट्टै पहिचान अनुसारको एमआरपी वितरण गर्ने जानकारी दिए ।  Continue reading

By bluediamondsociety

समलिंगी तेश्रोलिंगीलाई एचआइभी संक्रमण हुन नदिने समाजको काम प्रभावकारी

अम्विका दाहाल /काठमाडौं -समलिंगी तेश्रोलिंगीलाई एचआइभी एड्स हुन नदिने नील हिरा समाजले संचालन गरिरहेको कार्यक्रम प्रभावकारी भएको पाइएको छ । समलिंगी तेश्रोलिंगीको मानवअधिकार, शिक्षा, स्वास्थ्य, रोजगार लगायतका क्षेत्रमा काम गर्दै आएको समाजले एचआइभी एड्स हुन नदिन संचालन गरेको कार्यक्रम प्रभावकारी भएको पाइएको हो । सेभ द चिल्ड्रेन र राष्ट्रिय स्वास्थ्य शिक्षा तथा यौन रोग नियण्त्रण केन्द्रले ललितपुरमा गरेको एक दिने प्रदर्शनीमा सहभागीले समाजले एचआइभी एड्सका क्षेत्रमा संचालन गरेको कार्यक्रम प्रभावकारी भएको बताएका हुन् ।  Continue reading

By bluediamondsociety

चुनावमा भोट नहाल्ने समलिंगी तेश्रोलिंगीको घोषणा, गुरुङ्गको अध्यक्षता नयाँ नेतृत्व चयन

???????????????????????????????

काठमाडौं  कार्तिक २०- देशभरका समलिंगी तेश्रोलिंगीले मंसिर ४ गते हुन लागेको संविधान सभा चुनावमा भोट नखसाल्ने घोषणा गरेका छन् । मूख्य भनिएका दलले एक जना पनि समलिंगी तेश्रोलिंगीलाई उम्मेदवार नबनाएको भन्दै समलिंगी तेश्रोलिंगीले चुनावमा भोट नखसाल्ने घोषणा गरेका हुन् । नील हिरा समाजका संस्थापक अध्यक्ष एवं पूर्व सभासद् सुनिलवावु पन्तले ठूला दलले आफ्ना कोही पनि प्रतिनिधि चुनावी मैदानमा नउतारेकाले चुनावमा मतदान नगर्ने घोषणा गरेको जानकारी दिए । Continue reading

By bluediamondsociety

अधिकारी मिष्टर हेण्डसम, ऐतिहासिक क्षण भएको पन्तको भनाई

Biswa

काठमाडौं  कार्तिक १६ -दक्षिण एसियामा पहिलो पटक नेपालमा भएको मिष्टर हेण्डसम २०१३ अर्थात समलिंगी पुरुष सौन्दर्य प्रतियोगिताको उपाधी विश्वराज अधिकारीले जितेका छन् । मकवानपुर चुरियामाई गाविसका २४ बर्षका अधिकारीले १८ जना प्रतिष्पर्धीलाई पछि पार्दै समलिंगी पुरुष सौन्दर्य प्रतियोगिताको उपाधी जितेका हुन् । अधिकारीले ट्रफीसँगै १५ हजार रुपैयाँ नगद पुरस्कार पनि पाए ।  Continue reading

By bluediamondsociety

जर्मनीमा महिला र पुरुष दुवैको विशेषता सहित जन्मिएको बच्चालाई दर्ता गर्न अनुमति

Jarman

जर्मन  कार्तिक १५ -जर्मनीले महिला र पुरुष दुवैको विशेषता सहित जन्मिएको बच्चालाई द्विलिङ्गीका रुपमा दर्ता गर्न अनुमति दिएको छ । यस्तो अनुमति दिने जर्मनी पहिलो युरोपेली देश हो । जन्म प्रमाणपत्रमा अनिश्चित लिङ्ग भनि नयाँ व्यवस्था लागू गर्ने प्रयास स्वरुप सरकारले यस्तो निर्णय गरेको अधिकारीहरुले बताएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ । Continue reading

By bluediamondsociety

आश्वासन होइन, प्रतिनिधित्व गराउने लिखित प्रतिवद्धता चाहिन्छ ः समलिंगी तेश्रोलिंगी

Pokharel

काठमाडौं (पहिचान) कार्तिक १३ -संविधान सभा चुनावमा एक जना पनि समलिंगी तेश्रोलिंगीलाई उम्मेदवार नवनाएको नेकपा एमालेले राज्य संचालनका विभिन्न निकायमा प्रतिनिधित्व गराउने आश्वासन दिएको छ । संविधान लेख्ने थलो संविधान सभामा पुर्याउन नसकेको एमालेले अहिले राज्य संचालनका विभिन्न निकायमा प्रतिनिधित्व गराउने आश्वासन दिएको हो । Continue reading

By bluediamondsociety