वागमती सफाईमा समलिंगी तेश्रोलिंगी

???????????????????????????????

काठमाडौं  कार्तिक ९ – मलाई एकदमै खुशी लागिरहेको छ । विगतमा फरक यौनिकता भएकै कारण कति धेरै विभेद खेप्नु पर्र्यो । तर आज मलाई सबैले सम्मान गरेको पाए । मलाई धेरै प्रोत्साहन मिलेको छ । सरकारका मूख्य सचिव लिलामणी पौडेललाई पनि समलिंगी तेश्रोलिंगीबारे जानकारी दिन पायौ । ढलमती बनेको वागमती नदी सफाईमा सहभागी यौनिक तथा लैगिंक अल्पसंख्यक विद्यार्थी मञ्चका अध्यक्ष भक्ती शाहले भने ः लुकेर बस्दा होइन, खुलेर आउँदा सम्मान पाइदो रहेछ ।

शाहको नेतृत्वमा ३० जना वागमती नदीको सरसफाईमा जुटे । ढलमती बनेको वागमतीको सफाईमा यौनिक तथा लैगिंक अल्पसंख्यक विद्यार्थी मञ्चसँगै नेपाल सरकारका मूख्य सचिव लिलामणी पौडेल पनि सहभागी थिए । शाहको नेतृत्वमा वागमती सफाईमा संलग्न प्रज्वल खड्कालाई शुरुमा समलिंगी तेश्रोलिंगीबारे ज्ञान थिएन । अरुले जे भने त्यही मानसिकतामा रहेका खड्काले समलिंगी तेश्रोलिंगी पनि आफू जस्तै समान नागरिक हुन भन्ने थाहा पाउन नील हिरा समाजमै पुग्नु पर्र्यो ।???????????????????????????????

समलिंगी तेश्रोलिंगी प्रति पहिले जुन धारणा थियो अहिले परिवर्तन भएको छ खड्काले भने ः नील हिरा समाजमा जति उहाँहरुलाई खुल्न सजिलो हुन्छ बाहिर खुल्न सक्ने वातावरण पहिले थिएन । अहिले त्यो अवस्था छैन । यौनिक तथा लैगिंक अल्पसंख्यक विद्यार्थी मञ्चका अध्यक्ष भक्ती शाहको नेतृत्वमा वागमती सफाईमा रहेका खड्काले भने ः वागमतीको सफाई हातले होइन मनले गर्नु पर्छ । अध्यक्ष शाहले समलिंगी तेश्रोलिंगी आफ्नै अधिकारका लागि मात्रै लडिरहेको भन्ने समाजमा रहेको भ्रम हटाउन वागमती नदी सफाईमा जुटेको वताए । शाहले वागमती सफाईमा आफूहरुको निरन्तरता रहने वताए ।

???????????????????????????????

By bluediamondsociety

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s