प्रत्यक्षमा तेश्रोलिंगी महिला उम्मेदवार

sss

काठमाडौं  असोज १७ -कहिले मादल बजाएर, त कहिले नाँचेर आफू तेश्रोलिंगी महिला भएको पहिचान स्थापित गराएका गीता सैथवारले संविधान सभा चुनावको प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका छन् । दोश्रो संविधान सभा चुनावमा सैथवार प्रत्यक्ष तर्फ उम्मेदवार गर्ने एक्लो तेश्रोलिंगी महिला उम्मेदवार हुन् । रामग्राम ७ उजेनीकी सैथवारले नवलपरासी क्षेत्र नम्वर ६ बाट प्रत्यक्षमा उम्मेदवारी दिएकी हुन् । सैथवार पुरुषको यौन अंग लिएर जन्मेका हुन् ।

हुर्कदै बढ्दै जाँदा उनमा प्राकृतिक रुपमै यौन अंग बाहेकका सबै अंग महिलाकै भए । उनलाई अहिले पनि नवलपरासीमा केटा भनेर चिन्नेहरु मादल बजाउने र केटी भनेर चिन्नेहरु नाँच्ने मान्छे भनेर चिन्दछन् । जिल्ला निर्वाचन कार्यालय नवलपरासीले तेश्रोलिंगी गीता सैथवारको उम्मेदवारी दर्ता भएको जनाएको छ । सैथवारको उम्मेदवारी कुनै दल या दल विनाको स्वतन्त्र कुनबाट दर्ता भएको हो त्यो भने भोली शुक्रवार मात्रै आधिकारिक जानकारी दिन सकिने निर्वाचन कार्यालय नवलपरासीले वताएको पत्रकार विद्रोही गिरीले जनाएका छन् । नवलपरासीमा तेश्रोलिंगी महिला गीता सैथवारले स्वतन्त्रबाट उम्मेदवार दिएको चर्चा चलेको छ भने केहीले राष्ट्रिय किसान युवा पार्टीका तर्फबाट उम्मेदवारी दिएको चर्चा चलाएका छन् ।

नेपालमा पहिलो पटक भएको संविधान सभा चुनावमा देशभर धेरैले प्रत्यक्ष तर्फको उम्मेदवारी दिएको नील हिरा समाजसँग तथ्याङकनै छ । २०६४ साल चैत २८ गते भएको संविधान सभा चुनावमा प्रत्यक्ष तर्फको उम्मेदवारी दिएका भैरहवाका सन्तु पुन लगायतले यस पटक उम्मेदवारी दर्ता नगराएको तेश्रोलिंगी महिला आनिक रानाले जानकारी दिइन । यस्तै नील हिरा समाजको धनगढीमा रहेको शाखा कार्यालयका राजु लामाले यो पटक समलिंगी तेश्रोलिंगीले प्रत्यक्ष तर्फ उम्मेदवारी नदिएको जानकारी दिए । नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा नेपाल लगायतका दलले समलिंगी तेश्रोलिंगीलाई समानुपातिक तर्फ उम्मेदवार बनाउने आश्वासन दिएकाले प्रत्यक्ष तर्फ उम्मेदवारी दर्ता नभएको लामाको बुझाई छ ।

By bluediamondsociety

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s