समलिंगी तेश्रोलिंगीका लागि ऐतिहासिक दिन (पन्तको सम्वोधन सहित)

???????????????????????????????

काठमाण्डौं – भदौ १७ गते समलिंगी तेश्रोलिंगीका लागि ऐतिहासिक दिन भयो । राजनीतिक अधिकारका लागि राजनीतिक दलका नेताहरुको ढोका घचघच्याउँदै आएका समलिंगी तेश्रोलिंगीलाई नेकपा एमालेले पार्टी प्रवेशनै गरायो र एमाले नेतृत्वले भन्यो ः समलिंगी तेश्रोलिंगी समूदायका लागि हाम्रो पार्टी अभिभावक बन्छ । हुनत यसअघि नेकपा संयुक्तले नील हिरा समाजमा संस्थापक सुनिलवावु पन्तलाई समानुपातिकबाट संविधान सभाको सदस्य बनाएको थियो । समलिंगी तेश्रोलिंगीको राजनीतिक अधिकारका लागि विघठित संविधान सभामा तेश्रो ठूलो रहेको नेकपा एमालेले बोलिदिने भएको छ ।

एमाले पार्टीमा देशभरका ३ सय ६५ जनाले सदस्यता लिएर प्रवेश गरिरहँदा पूर्व सभासद् पन्तले आफूहरुका लागि आज भदौ १७ गते ऐतिहासिक दिन भएको बताए । तेश्रोलिंगी विष्णु अधिकारी, सुमन तामाङ, शिल्पा चौधरी लगायतले एमालेमा प्रवेश गर्न पाउँदा अभिभावक पाएजस्तो भएको प्रतिकृया दिए । समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तिका अभियन्ता पूर्व सभासद् सुनिलबाबु पन्तको नेतृत्वमा देशभरका ३ सय ६५ जना समलिंगी तेश्रोलिंगी एमाले पार्टीमा प्रवेश गरे । पार्टी प्रवेश गर्दै पन्तले समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तिको मुद्दालाई राष्ट्रिय राजनीतिमा पु¥याउन एमालेले अवसर दिएको भन्दै खुशी व्यक्त गरे । ‘अधिकार माग्दै एक्लै हिँड्नु हुँदैन । एमालेसँग विचार मिल्ने हामी आयौं । अरु पनि विचार मिल्नेहरु आउनुहुन्छ । समलिंगी तेश्रोलिंगी प्रतिनिधिले पार्टी प्रवेश कार्यक्रममा भने हामी यति मात्रै छैनौं । हामी देशभर ५ लाख भन्दा धेरै छौं । त्यतिमात्रै होइन हाम्रो परिवार छ, साथीभाइ छन्, ।

???????????????????????????????

समलिंगी तेश्रोलिंगीको यो भनाई सुनिसकेपछि एमाले अध्यक्ष झलनाथ खनालले यौनिक तथा लैगिंक अल्पसंख्यक तेश्रोलिंगी भनेर सम्वबेधन गर्दै भने, ‘अब तपाईंहरुको अभिभावक एमाले पार्टी भयो । तेश्रोलिंगी प्राकृतिक हुन् । रुसमा लेनिनले तेश्रोलिंगीलाई सम्मान गर्नुपर्छ भन्नुभएको थियो । धनी र गरीव हुँदैमा तेश्रोलिंगी हुने होइन’ १० मिनेट भन्दा धेरै समय बोलेका खनालले समलिंगी शव्द भने उच्चारण गरेनन् । अध्यक्ष खनालले एमालेले यौनिक तथा लैंगिक अल्पसंख्यक विभाग नै गठन गर्ने भन्दै संविधानसभामा तेश्रोलिंगीको प्रतिनिधित्व सुनिश्चित गर्ने बताए । ‘सुनिलबाबु पन्त पूर्व सभासद् नै हुनुहुन्छ । हामीलाई उहाँ जत्तिकै मान्छेको आवश्यक छ । संविधान सभामा उहाँको उपस्थिति आवश्यक छ’ खनालले उत्साहित हुँदै भने ।

समलिंगी तेश्रोलिंगीको संस्था नील हिरा समाजमा फरक फरक विचार भएका व्यक्ति भएको बताउँदै पन्तले पार्टीलाई साधन नभई साध्य बनाउन समुदायका सदस्यलाई आग्रह गरे । ‘पुग्ने गन्तव्य एउटै हो’ पन्तले भने ः‘दललाई साधन होइन साध्यको रुपमा लिनुपर्छ ।’ ‘आआफ्ना विचार अनुसार पार्टीमा जाने हो । समूदायको मुद्दा जसरी होस् उचाईमा पुर्याउनु नै हो’ पन्तले भने , ‘सुन्दर नेपाल निर्माण गर्ने अभियानमा हामी सबै एक हुनैपर्छ ।’

???????????????????????????????

पन्तले एमाले पार्टी प्रवेश कार्यक्रममा गरेको सम्वोधन ः

आजको दिन ऐतिहासिक दिन हो । देश अव संविधान पूरा गर्नका लागि दोश्रो प्रयास गर्दैछ । हामी व्यवस्थापिका संसदको निर्वाचनमा पनि जादैछौ । हामीहरुका लागि निर्वाचन एउटा महत्वपूर्ण मौका हो । अवको केही बर्षका लागि हामीले हाम्रा प्रतिनिधिहरु चुन्छौ र प्रतिनिधिद्धारा नेपाल र नेपालीको भाग्यको दिशा निर्देश गर्दछौ । मतदान गर्न पाउने अधिकार भनेको अत्यन्तै ठूलो अधिकार हो र यो एउटा विर्सनै नहुने जिम्मेवारी पनि हो । मातृभूमि नेपालका लागि हामी सबैको हामी सबै नागरिकको । उज्यालो विहानी सुन्दर तस्विर हाम्रो मनमा छ ।

नेपालको भबिष्य कस्तो हुनुपर्छ भनेर र हाम्रो कर्ममा पनि त्यो देखिनु पर्छ । मंसिर ४ गते निर्वाचनको मिति तोकिएको छ । हाम्रो जिम्मा भनेको हाम्रो अमुल्य मत दिने र गौरबान्वित योगदान दिने नै हो । समाबेशी लोकतान्त्रिक र बिबिध अबसरले भरिपुर्ण भएको नेपाल निर्माणका लागि सविधान निर्माण गरि राजनीतिक स्थायित्व दिएर आर्थिक बिकासको बाटो तिब्र गतिमा समात्नु पर्छ अब हामीले । अब हामी अबिकसित देश अथवा तेश्रो नम्बरको तेश्रो विश्वको देश भनेर मात्रै चिनि राख्नु हुँदैन । त्यस कारण मतदाताले उम्मेदवार छान्दा त्यो उम्मेदवारले स्थानीय आर्थिक मुद्दा कतिको बुझेको छ ? आर्थिक विकासका लागि स्थानीय माटो परिस्थिति सुहाउँदो नीति र कार्यक्रम ल्याएको छ छैन ? हेर्नु आवश्यक छ । कुनै पनि उम्मेदवार र पार्टीका कस्ता योजना छन् ? त्यसको निक्र्यौल गरेर मात्रै त्यो उम्मेदवारलाई मतदान गर्ने निधो गर्नु पर्छ । आफ्नो क्षेत्र, त्यो पनि आफ्नो गाउँको मुल सक्षमताहरु के के हुन् ? उदाहरणका लागि जडिवुटी, पर्यटन, खानी पानी, कृषि, तरकारी खेती, पशुपालन, उत्पादन फुड प्रोसेसिङ के के छ ? उम्मेदवारले लिएर आउनै पर्छ । खाने पानी र सिंचाईको अति आवश्यक पर्छ । त्यो खालको पानीको श्रोत कस्तो छ ? त्यसलाई कसरी जोड्न सकिन्छ ? कसरी परिपुरक बनाउन सकिन्छ ? त्यसबाट उर्जा कसरी निकाल्न सकिन्छ ? भन्ने विषयमा पनि उम्मेदवारले ठोस योजना लिएर आएको हुनु पर्छ । अनि मात्रै त्यस्तो उम्मेदवारलाई हामीले पत्याउन सक्छौ ।

शिक्षाको स्थिति एकदमै खराव छ । त्यसकारण आफ्नो क्षेत्रमा विद्यालयको अनि उच्च शिक्षाको अवसर कस्तो छ ? यसलाई कसरी माथि लिएर जान सकिन्छ भन्ने विषयमा उम्मेदवार र पार्टीले राम्रो नीति र कार्यक्रम लिएर आउनु आवश्यक छ । आ आफ्नो क्षेत्रको गाउँको प्रति व्यक्ती आय कति छ ? कसरी बढाउने श्रम उत्पादन, व्यापार र बजारको समन्वय ? यस्ता योजना मत माग्न आउने उम्मेदवार र पार्टीको हुनुपर्दछ । स्वास्थ्यको स्थिति अत्यन्त गंभिर छ । नेपालमा उपचार नपाएर मर्नेको संख्या (मृत्युदर) कति छ ? यसलाई कसरी घटाउने ? आफ्नो क्षेत्रमा त्यसका लागि अस्पताल चिकित्सकको के कति कमी छ ? कति डाक्टरहरु छन् ? र त्यसका लागि कसरी योजना बनाएर लिएर आउने ताकी स्वास्थ्य अवस्था सुधार होस भन्ने हामीले बुझ्नै पर्छ । रोजगारीको स्थिति कति युवा शक्ती बेरोजगार छन् । आफ्नो क्षेत्रमा रोजगारको सम्भाव्य अवसर कति हुन सक्छ ? राज्यले कति सिर्जना गर्न सक्छ ? सहकारी व्यवस्थाबाट कति हुन सक्छ ? र प्राइभेट क्षेत्रबाट (निजी) हामीले रोजगारीको सुनिश्चितता गर्न सक्छौ । जसले गर्दा हरेक दिन १५ सय देखि २ हजार सम्म अन्तराष्ट्रिय विमानस्थलबाट बाहिर जाने युवाहरुको उर्जा शक्ती देशमै रहोस । देशलेनै सिर्जनशिल उत्पादनशिल काममा लगाउन सकोस । उम्मेदवारले यि मोटामोटी कुराहरु हेरेर, यि कामहरु लिएर आउन सक्नु पर्छ । मतदाताहरुले यि कार्यक्रम छन् कि छैनन् भनेर हेर्न सक्नु पर्दछ । कार्यक्रम हेरेर मात्रै आफ्नो अमूल्य मत खसाल्नु पर्छ ।

अवसरले भरिएको शान्ति पूर्ण र लोकतान्त्रिक नेपालको सपना हामीले बोकेका छौ । त्यहाँसम्म पुग्न हामीले गरीवी, भ्रष्टाचार, अशिक्षा, अन्याय, बहिष्करण, हिंसा, अस्वस्थ प्रतियोगिता जस्तो जटिल समूद्र पार गर्नु पर्छ । यो समूद्र पार गर्ने साधन पानी जहाज भनेको राजनीतिक दलहरु हुन् । जसरी एउटा पानी जहाज प्वाल नपरेको, त्यसलाई चाहिने उर्जा प्रशस्त भएको, त्यसमा आउन सक्ने अप्ठ्यारा देख्न सक्ने उपकरण जोडिएको, पुग्ने गन्तव्यको स्पष्ट मार्ग चित्र भएको र राम्रो सँग चलाउन सक्ने क्याप्टेन र कर्मचारी भएको हुनु पर्छ । राजनीतिक दलहरुमा पनि । अस्वस्थ प्रतियोगिता गरियो भने पानी जहाज एक आपसमा ठोकिन सक्छन्, जहाजको क्षमता विकास गर्ने, यात्रु र सामानहरु उचित ढंगले राख्ने र उचित गतिमा अगाडि बढ्नु पर्दछ । नत्र गन्तव्यमा पुग्न सकिदैन । क्याप्टेनले दिशा भुल्नु हुँदैन । नत्र समून्द्रमा जहाज हराउन सक्छ । एउटै जहाज हुन्छ भन्ने छैन तर जति पनि जहाज छन्, उनीहरुको स्वस्थ गति हुनु र सही दिशा हुनु आवश्यक छ । त्यसकारण सबै राजनीतिक दलहरुले स्वस्थ हुनु र सही दिशा पकड्नु अति आवश्यक छ । जसरी पानी जहाजको एका पट्टी मात्रै धेरै यात्रु र सामान हाल्यो भने त्यो पल्टिन सक्छ । त्यस्तो भएको छ आज राजनीतिक दलहरुमा पनि सन्तुलन छैन ।

पुरुषहरुको मात्र भार छ राजनीतिक दलमा । राजनीतिक दलहरुलाई अविलम्व सन्तुलनमा ल्याउनु पर्ने आवश्यकता छ । आज एमाले पार्टीले यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई स्वागत गरेर उचित जिम्मेवारी र अवसर दिएर यो सन्तुलन मिलाउने कामको शुरुवात गरेको छ । यो निकै राम्रो काम हो । यसको हामी हृदयदेखिनै स्वागत गर्दछौ । एमाले पार्टीलाई बधाई दिन पनि चाहन्छौ । अव हामीले मौका पाइसकेका छौ । हामी तेश्रोलिंगीको हक अधिकारका लागि मात्रै बोलिरहेका छैनौ । यो देशको समग्र आर्थिक, सामाजिक र राजनीतिक विकासका लागि हामी थप उर्जावान भएर थप लगनशिल भएर एमालेसँग सँगै लागेर हामी काम गर्नेछौ । एमाले पार्टी एउटा राम्रो पानी जहाज बन्न सक्छ । जसले देशको हाम्रो सपना साकार पार्न जटिल समुन्द्र पार गराउन सक्छ भन्ने हामीहरु माथि पूर्ण विश्वास छ । यो विश्वासलाई साकार पार्नका लागि हामी काँधमा काँध मिलाएर अगाडि बढ्नका लागि तयार छौ ।

???????????????????????????????

केही समस्याहरु छन् समलिंगी तेश्रोलिंगीहरुका शिक्षामा असाध्यै पछाडि पारिएको छ । परिवारको सहयोग छैन वहिष्करण गरिएको छ । विद्यालयमा छात्रवृत्तिको व्यवस्था छैन, पढ्न सक्ने वातावरण राम्रो छैन । एमाले पार्टीले र अरु पार्टीले यो विषयलाई जोडदारका साथ उठाउलान भन्ने हाम्रो पूरा विश्वास छ । सर्वोच्च अदालतले पहिचान अनुसारको नागरिकता दिनु भनेर बोलिसक्दा र गृहमन्त्रालयले परिपत्र जारी गरिसक्दा पनि विभिन्न जिल्ला प्रशासन कार्यालय यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई नागरिकता दिन अझै पनि हिच्किचाईरहेका छन् । अनावश्यक कागजातहरु मागेर दुख दिने काम गरिरहेका छन् । त्यसमा एमाले पार्टीेले जोडदारसँग यि कुराहरु उठाइदिओस । र कोही पनि नेपाली समलिंगी तेश्रोलिंगी नागरिक नागरिकता विहिन हुनु नपरोस भन्ने हाम्रो कुरा रहेको छ । रोजगार र अरु अवसरहरुमा पनि एमाले पार्टीले स्पष्ट नीति लिएर आओस सबैका लागि, सबै युवाहरुका लागि र समलिंगी तेश्रोलिंगीहरुका लागि पनि भन्ने हामीले आशा गरेका छौ । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायलाई सिङ्गो पार्टी, अन्य पार्टीहरु र अरु जनताको पनि सहयोग प्राप्त हुने विश्वास लिएको छु । यौनिक तथा लैङ्गिक अल्पसख्यकबाट शत प्रतिशत एमाले पार्टीलाई हाम्रो योगदान प्राप्त हुन्छ भन्ने हामी प्रतिवद्धता दिलाउन चाहन्छौ ।

By bluediamondsociety

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s