यौनिक अल्पसंख्यकलाई एमालेले भित्रायाउदै

uml

नरेश फुयांल, काठमाडौं–१७, भदौ । आशन्न संविधानसभाको निर्वाचन नजिकिदै जांदा विभिन्न राजनीतिक दलमा प्रवेश गर्ने क्रम पनि बाक्लिदै गएको छ । विभिन्न राजनीतिक दलमा आबद्ध ब्यक्ति तथा स्वतन्त्र नागरिकहरु पार्टी प्रवेश गरिरहेका छन् । निर्वाचनको मुखमा आफ्नो पार्टीमा आउन चाहानेहरुलाई दलहरुले पनि औपचारिक कार्यक्रमको आयोजना गरेर नै फूलमाला र खादा सहित सरसम्मान स्वाग गरेर पार्टीको साधारण देखी स्थायी सदस्यता समेत दिइरहेका छन् ।

यसैक्रममा सोमबार अपरान्ह् नेकपा एमालेले समलिङ्गी तेस्रोलिङ्गीहरुलाई आफ्नो पार्टीमा प्रवेश गराउदैछ । पूर्व सभासद तथा यौनिक तथा लैङ्गिक समुदायको अधिकारका अभियान्ता सुनिलबाबु पन्त लगायत सयौ समलिङ्गी तेस्रोलिङ्गीहरुलाई एमालेले पार्टी मुख्यालय बल्खुमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर आफ्नो पार्टीमा भित्राउन लागेको हो ।

विगटित संविधानसभामा नेकपा संयुक्तबाट सभासद बनेका सुनिलबाबु पन्तले यौनिक तथा लैङ्गिक अल्पसंखयक संगै आर्थिक विकासको एजेण्डा सहित आंफु एमालेमा प्रवेश गर्न लागेको बताए । “हरेक दलमा जान सकिन्छ । उनले भने,–तर कसले हाम्रो मुद्धालाई कति समेट्छन् भन्ने कुरा महत्वको विषय हो । एमालेले हाम्रो मुद्धालाई समेट्ने बताएकाले म लगायत केहि साथीहरु त्यहां जान लागेका हौं ।” बिचार र आस्था मिल्ने पार्टीमा जो सुकै पनि जान सक्ने बताउदै पन्तले हरेक पार्टीमा गएर आफ्ना मुद्धा स्थापित गर्न आफ्नो सुमदायका ब्यक्तिहरु लागि रहको उनले बताए ।

By bluediamondsociety

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s