यस्तो देखियो समलिंगी तेश्रोलिंगीको गाइजात्रा

???????????????????????????????

नरेश फुयाल,काठमाडौं ६ भदौ – आज भाद्रकृष्ण प्रतिपदा, अथवा गाई जात्राको पहिलो दिन । काठमाडौ उपत्यका लागायत मुलुकका बिभिन्न जिल्लामा गाईजात्रा पर्व मनाइएको छ । आफ्ना दिवङ्गत भएका परिवारले गाई वा परिवारका सदस्यलाई जनवारको रुपमा सिंगारेर नगर परिक्रमा गरि मनाइएको छ ।

यसैक्रममा यो पर्व नेपालका समलिङ्गी तेस्रोलिङ्गीले पनि मनाएका छन् । समलिङ्गी तेस्रोलिङ्गीहरुको छाता संस्था नील हिरा समाजको आयोजनामा यो पर्व मनाइएको हो । विभिन्न कारणले मरेका आफ्ना समलिङ्गी तेस्रोलिङ्गी साथीहरुको सम्झनामा यो पर्व प्रत्यक वर्ष मनाउने गरिएको समाजले जनाएको छ ।

jatra

विहान साढे ११ बजे काठमाडौको ठमेलस्थित कर्मचारी संचयकोष भवनबाट सुरु भएको समलिङ्गी तेस्रोलिङ्गीहरुको र्‍याली असन इन्द्रचोक, हनुमान ढोका, बसन्तपुर, न्यूरोड हुंदै दरबार मार्ग पुगेर टुङ्गीएको थियो । नेपाल तथा विदेशका गरि एक हजार भन्दा धेरैको संख्यमा भेला भएका समलिङ्गी तेस्रोलिङ्गी सहभागीहरुले बिभिन्न जातजातीको पहिरन तथा भेषभुषा पहिरिएका देख्न सकिन्थ्यो । व्याण्ड बाजा सहित तेस्रो लिङ्गी श्याम राना समिक्षाको खाई त मेरा अधिकार नया नेपालमा बोलका गीतमा र्‍यालीमा सहभागीहरु छमछमी नाचेका थिए । उक्त र्‍याली सडक पेटी, घरका छत तथा झयालबाट स्थानीयले हरेको थिए ।

तेसोलिङ्गी अधिकारकर्मी भुमिका श्रेष्ठले उक्त आफ्ना दिवङ्गत साथीहरुको सम्झना तथा अधिकार प्राप्तीका लागि आफ्नो उपस्थिति बलियो रहेको देखाउन मनाइएको जानकारी दिइन् । उनले आजको दिन यसअघी कहिल्यै नखेको यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरु खुल्ने गरेका बताइन् ।

sssss

सन् २००१ मा समलिङ्गी तेस्रोलिङ्गीहरुको छाता संस्था नील हिरा समाज स्थापीत भएदेखी नै वर्षेनी यो पर्व आफुहरुले मनाउदै आएको श्रेष्ठले बताइन् । नेपालमा करिब ५ लाख समलिङ्गी तेस्रोलिङ्गी खुलेर आइसकेका छन् । नेपालमा समलिङ्गी तेस्रोलिङ्गीहरुको संख्या करिब १० लाख रहेको नील हिरा समाजले दाबी गर्दै आएको छ ।

By bluediamondsociety

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s