“मलाई आज रुन मन लागेको छ । मलाई जन्म जसले दिएपनि कर्म तपाईले दिएको हो ।”

नरेश फुयांल ।  उनी भन्दै थिए,–“प्रजातान्त्रिक प्रद्धतिको संस्कार विकास गर्न पनि मैले राजीनामा दिएको हुा । मैले राजीनामा दिए भन्दैमा मन सानो बनाउनु पर्ने म देख्दिन ।” उनले यति भनिसक्दा सबैको मन खुम्चिसकेको थियो । तर उनले फेरी भने,–“मलाई हिजै जस्तो लाग्छ । हामी रत्नपार्कमा जम्मा भएर संगठित भएको । तर अब चांडै १३ वर्ष पुग्न लागेछ । मैले कार्यकारी पद छाडे पनि मलाई खोज्नु भयो भने म यतैतिर भेटिने छु ।”
अनि उपल्लो छेउबाट एउटा आवाज सुनियो मधुरो,–“मलाई त आज रुन मन लागेको छ । मलाई जन्म जसले दिएपनि कर्म तपाईले दिएको हो ।” यति भनि नसक्दै फेरी पुरानै आवाज सुनियो,–“कर्म आफैले गरेर खाने हो । होला मैले सहयोग गरे होला तर यसमा तपाइहरुको झन ठूलो भूमिका छ । अब आफैले गरेर खानु पर्छ । अरुले गरिदिएर सधैलाई पुग्छ र ?”
हैन सर तपाईले धेरै गर्नु भएको छ । १३ वर्ष अघि म आउदा उहााहरु त्यो तलको कोठामा दिनभरी ढोका थुनेर बस्नु हुन्थ्यो । मैले छ महिना पछि झल्याक झुलुक्क अनुहार देखेको । यी आज हामी यसरी संगै बसेको छौं । यसमा सरको ठूलो योगदान छ ।” प्लोरको अर्को छेउबाट अलि अस्पष्ट अर्को आवाज सुनिन्छ ।
यो संवाद कुनै रंगमञ्चमा सिद्धहस्त कलाकारले बोलेको होइन । र होइन रंगमञ्चमा देखाइन लागेको नाटकको अभिनय गर्दैगरेका नब कलाकारहरुको डाइलग पनि । यो त समलिङ्गी तेस्रोलिङ्गीका अभियान्ता सुनिलबाबु पन्तले नील हिरा समाजको कार्यकारी निर्देशक पद छोडेको औपचारीक जानकारी गराउदाको माहोलको बास्तविक संवाद हो ।
विरलै भेटिदा हुन त्यस्ता मान्छे जसले आफुले भोग्दै आएको पद, प्रतिष्ठा र सुविदा सजिलै छाडोस । खाइपाइ आएको सुविदा तथा रहदै आएको पद प्रतिष्ठा चटक्कै छाडेर अर्कैलाई दियोस । तर, यस्तै भयो नील हिरा समाजमा । विगत १३ वर्षदेखी समाजको सफल नेतृत्व गरेका सुनिलबाबु पन्तले संस्थामा प्रजातान्त्रिक पद्धतिको थिति बसाल्न भन्दै विना कारण राजिनामा दिए । “ एउटै ब्यक्ति कुनै पनि कुरामा निपूर्ण हुन्छ भन्ने हुदैन । अब तपाइहरुले अरु ब्यक्तिबाट पनि केही कुरा सिक्नु पर्छ भनेर मैले राजीनामा दिएको हुा ।” पन्तले नील हिरा समाजका नयाा कार्यकारी निर्देशक सुदिप बहादुर सिंहतिर देखाउादै भने,–“ उाहा राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुभव संगालिसकेको अनुभवि ब्यक्ति हुनुहुन्छ । अब तपाईाहरुले उहााबाट धेरै कुरा सिक्नु हुनेछ ।”
“मैले भनिसाके अझै गर्न धेरैछ । समाजजिक मुद्धालाई राजनीतिकरण नगरेसम्म हाम्रो माग सुनुवाई हुदैन रहेछ ।” पन्तले भने,–“मैले चार वर्ष पाल्र्यामण्टको मेम्मर हुदा सिकेको पाठ हो यो । बाहिर बसरेर भएपनि म तपाइहरुसागै रहनेछु । राजनीतिक मुद्धामा अब मेरो ध्यान केन्द्रित गर्नेछु ।”
नेपालमा पनि समलिङ्गी तेस्रोलिङ्गी छन् र ? भन्ने अवस्था रहेका बेला आाफुलाई पुरुष समलिङ्गीका रुपमा चिनाउदै यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई संगठीत गरेर आफ्नो समुदायको अधिकारका लागी वकालत गरेका उनको लगबग एकल प्रयासको प्रतिफल अहिले आउन थालिइसकेको छ । केहि आउने क्रममा छन् । अन्य उल्लेख गरेर समलिङ्गी तेस्रोलिङ्गीलाई सरकारले नागरिकता दिन थालिसकेको छ । समान यौनिकता भएकाहरुको बिबाहले मान्यता पाउने अपेक्षा गरिएको छ भने विभदकारी कानून खोरजीको प्रक्रियामा छ ।
तर आाफुलाई नील हिरा समाजको निर्वतमान कार्यकारी निर्देशक बनाएका पन्ले यसको भागीदार आाफु मात्र भएको स्वीकार्दैनन् । पन्त भन्छन्,–“यो सामूहिक अथक प्रयासको प्रतिफल हो । मेरो एकल प्रयासले केही हुने थिएन । यसको क्रेडिटका भागीदार प्रत्यक्ष अप्रत्यक्ष हामी सबै हौं ।”
देशका ५३ शहरमा शाखा बिस्तार गरेर मुलुकभरका यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई सितल छहारी प्रदान गरेका उनलाई समलिङ्गी तेस्रोङ्गिलाई कर्म दिने अभिभाक हुन् । ७ सय ५० जना समलिङ्गी तेस्रोङ्गिलाई प्रत्यक्ष रोजगारी दिने पन्तको अझै यही क्षेत्रमा सक्रिय सहभागीताको खााचो छ ।

 

By bluediamondsociety

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s