तेस्रो लिङ्गी समुदायद्धारा संविधान सभामा उम्मेदवारी घोषणा (भिडियोसहित)

Courtesy: http://www.imagechannels.com

तेस्रो लिङ्गी समुदायद्धारा संविधान सभामा उम्मेदवारी घोषणा (भिडियोसहित)

सम्मानजनक प्रतिनिधित्वका लागि माग
काठमाडौं, असार १९ । यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समुदाय अन्तर्गतका तेस्रोलिङ्गी/समलिङ्गी समुदायले आसन्न संविधान सभाको चुनावका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । निलहिरा समाजले आज राजधानीमा आयोजना गरेको एक कार्यक्रममा विभिन्न जिल्लाका ६१ जनाले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् । तर कुन राजनीतिक दलबाट आफूहरुले प्रतिनिधित्व गर्ने भन्ने अहिले नै खुलाउन चाहेनन् ।

समाजका कार्यकारी प्रमुख सुनिलबाबु पन्तले आफ्नो समुदायको उम्मेदवारी अल्पसंख्यक समुदाय हक, अधिकार मात्र नभई सबै सिमाङ्ककृत समुदायको अधिकारका लागि रहेको बताए । उनले तेस्रोलिङ्गी समुदायलाई राज्यले पहिचान सहितको नागरिकता सहज रुपमा प्रदान गरी, मतदाता नामावलीमा सुचिकृत गराउन आग्रह गरे । उनले भने–‘समाजबाट पछाडी पारिएका यस समुदायलाई भोली पुनः अधिकारका लागि लडनु नपर्ने गरी संविधानमा आफ्नो अधिकार सुनिश्चित गरिनुपर्छ ।’  यद्यपी यसअघिको संविधान सभाका सभासद पन्तले भने उम्मेदवारी दिने वा नदिनेबारे निश्चित नभएको बताए ।

सोही अवसरमा निलहिरा समाजकी अध्यक्ष पिंकी गुरुङले राजनीतिक दल तथा निर्वाचन आयोग समक्ष सात बुदे माग पत्र प्रस्तुत गरेकी थिइन । गुरुङले प्रस्तुत गरेको मागपत्रमा आफ्नो समुदायले मतदान गर्न पाउने गरी निती, कानुन र वातावरण बनाउन, निर्वाचन ऐनमा उम्मेदवारीको सुनिश्चित गर्न, सबै राजनीतिक दलमा आफूहरुको प्रतिनिधित्व गर्न पाउन, राज्यले प्रदान गर्ने अधिकारमा आफनो समुदायलाई विभेद नगर्न भनिएको छ ।

अधिबक्त प्रेमबहादुर थापाले सर्बोच्च अदालतले तेस्रोलिङ्गी/समलिङ्गी समुदायका पक्षमा दिएको निर्देशनात्मक आदेशलाई सबै जिम्मेवार निकायले पालना गर्नुपर्ने बताए । उम्मेदवारी घोषणा कार्यक्रममा उम्मेदवारहरु भूमिका श्रेष्ठ, भक्ति शाह, दुर्गा थापा, मनोरञ्जन बैद्य, विष्णु अधिकारी, विश्वराज अधिकारी लगायतले आफूले रोजेका राजनीतिक दलहरुले सम्मानजनक प्रतिनिधित्व गर्न माग राखे । उनीहरुले आफनो राजनीतिक दल अहिले नै नखुलाउने बताए ।

By bluediamondsociety

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s