समलिङ्गी तेस्रोलिङ्गीहरुले संविधानसभा निर्वाचनमा उमेरद्वारी घोषणा गर्दै

नरेश फुयांल–काठमाडौं, १८ असार । राजनीतिक अधिकार प्राप्तीका लागी संघर्ष गर्दै आएको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले आगामी संविधानसभाको निर्वाचनमा उमेरद्वारी दिने तयारी गरेको छ ।
बहुसंख्यक बिपरित लिङ्गी सरह आफ्ना अधिकार पनि संविधानमै लेखाउन संविधानसभामै पुग्नु पर्ने आबश्यकताको महसुस गर्दै उक्त समुदायका ब्यक्तिहरु पनि आगामी संविधानसभा निर्वाचनमा उठ्ने तयारीमा जुटेका हुन् ।

समलिङ्गी तेस्रोलिङ्गीहरुको मातृसंस्था निलहिरा समाजकी अध्यक्ष पिङ्गकी गुरुङ्गले नीति निर्माण तहमा नपुगेसम्म आंफुहरुका अधिकार सुनिश्चित नहुने देखेर निर्वाचनमा उठ्ने तयारी गरिएको बताइन् ।
समाजकी मानवअधिकार विभाग प्रमुख भुमिका श्रेष्ठले सुमदाय भित्र फरक फरक बिचारधारा भएका ब्यक्ति भएकाले बिभिन्न राजनीतिक दलहरुले आफ्नो बिचारसंग मिल्ने समलिङ्गी तेस्रोलिङ्गी ब्यक्तिलाई उमेद्वार बनाउन सक्ने जानकारी दिईन् ।

श्रेष्ठले उम्मेद्वारीकै बिषयलाई लिएर बुधबार बिहान ११ बजे काठमाडौको अनामनगरस्थित युनिएन हाउसमा पत्रकार सम्मेलनको आयोजना गर्न लागिएको जानकारी दिईन् ।

By bluediamondsociety

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s