क्यालिफोर्नियामा समलिंगी विवाहका लागि कानुनी बाटो खुल्यो, नेपालमा पहल जारी

Bibah

असार १३ -अमेरिकाको सर्वोच्च अदालतले क्यालिफोर्नियामा समलिंगी विवाहलाई कानुनी बाटो खोलिदिएकोमा यौनिक तथा लैंगिक अल्पसंख्यकको मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय आयोगले खुसी व्यक्त गरेको छ । आयोगका कार्यकारी निर्देशक जेसिका स्टर्नले ऐतिहासिक दिन भन्दै अमेरिकी सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो । साथै उनीहरुलाई आफ्नो पारिवारिक र निजी जीवनका बारेमा आफै निर्णय लिनसक्ने वातावरण सिर्जना गर्नुपर्नेमा पनि जोड दिनुभयो । आयोगको एशिया, अफ्रिका, अमेरिका तथा मध्य पूर्वी राष्ट्रका क्षेत्रीय कार्यालयका संयोजकले पनि अमेरिकी कदमको स्वागत गरेका छन् । यसैबीच गुगलले यस महिनालाई गौरवको महिनाको रुपमा मनाउने भएको छ । यो महिना गुगलमा यौनिक तथा लैंगिक अल्पसंख्यकको बारेमा कुनै पनि सुचना खोजी गर्दा सर्च बक्स रंगीन हुनेछ । गुगलले समलिंगीको विवाह तथा उनीहरुको अधिकारलाई समर्थन गर्दै आएको छ ।

गत महिना एक समलिंगि जोडीले गुगल च्याट सेवाको प्रयोग गर्दै विवाह गरेका थिए । यस्तै नेपालका यौनिक तथा लैंगिंक अल्पसंख्यकको अधिकार प्राप्तीका अभियन्ता एवं नील हिरा समाजका कार्यकारी निर्देशक सुनिलवावु पन्तले अमेरिकाको सर्वोच्च अदालतले क्यालिफोर्नियामा समलिंगी विवाहलाई कानुनी बाटो खोलिदिएकोमा खुशी व्यक्त गर्नु भएको छ । नील हिरा समाजले नेपालमा पनि समलिंगी विवाहलाई कानुनी मान्यता दिलाउन पहल गरिरहेको छ ।

By bluediamondsociety

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s