एचआइभी संक्रमितका नाममा आएको १८ करोड झ्वाम पार्ने प्रयास

IMG_20130102_140804

काठमाण्डौं  असार ६ -राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रले सम्झौता अनुसारको रकम नदिएको भन्दै यौनिक तथा लैङ्गिक अल्पसंख्यकले केन्द्रमा धर्ना दिएका छन् । एचाआइभी संक्रमितका लागि कार्यक्रम गर्न विश्व बैंकले रकम दिएपनि स्वास्थ्य मन्त्रालयले १० महिनादेखि रकम निकासा नगरेकोले धर्ना दिएको नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले बताउनु भयो । एचआइभी संक्रमित, यौनकर्मी र पूर्व लागू औषध दुव्र्यसनीका लागि विश्व वैंकले दिएको १८ करोड रुपैयाँ केन्द्रका प्रमूख लगायतका कर्मचारीले खान खाजेको उनीहरुको आरोप छ । यौनिक तथा लैङ्गिक अल्पसंख्यकले केन्द्रको मुल गेटमा धर्ना दिएकाले कर्मचारी गेट बन्द गरेर कार्यालय भित्र तास खेलेर बसेको केन्द्रका सुरक्षागार्डले बताएका छन् । काम छैन । ७ जना कर्मचारी भित्र तास खेलेर बसेका छन् सुरक्षा गार्डले भने ः यहाँ सेवाग्राहीले सेवा पाउन त मुश्किल नै छ । नील हिरा समाजले पटक पटक केन्द्रमा गएर धर्ना दिएपनि केन्द्रका जिम्मेवार पदाधिकारी सधै अनुपश्थित हुने गरेका छन् ।

केन्द्रले लामो समयदेखि रकम निकासा नगर्दा ३ सय ५० जना यौनिक तथा लैङ्गिक अल्पसंख्यक कर्मचारी तलव विहीन भएका समाजले जनाएको छ । तर अर्थ मन्त्रालयले निकासा नदिएकोले पैसा दिन नसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

By bluediamondsociety

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s