तेश्रोलिंगीलाई पहिचान अनुसारको राहदानी दिने कानुन निर्माण गर्न आदेश

Court

काठमाडौं (पहिचान) जेठ २८ – सरकारले पहिचान अनुसारको नागरिकता दिन परिपत्र जारी गरेको ५ महिनापछि समलिङ्गी तेश्रोलिङ्गीले आफनो पहिचान अनुसारको राहदानी लिन पाउने कानुन निर्माणको बाटो खुलेको छ । पहिचान अनुसारको नागरिकता पाएपनि राहदानी लिन नपाएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा सर्वोच्चले पहिचान अनुसारकै राहदानी वितरण गर्ने कानुनी व्यवस्था गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । तेश्रोलिंगी उल्लेख भएको नागरिकता लिएका तेश्रोलिंगीलाई उनीहरुकै पहिचान अनुसार राहदानी दिन सरकारका नाममा आदेश दिएको सर्वोच्च सहप्रवक्ता हेमन्त रावलले जानकारी दिनुभयो । समलिंगी तेश्रोलिंगीको संस्था नील हिरा समाजले पहिचान अनुसारको राहदानी पाउन नसकेको भन्दै सर्वोच्चमा दायर गरेको रिटमा न्यायाधीश सुशीला कार्की र वैद्यनाथ उपाध्यायको इजलाशले तेश्रोलिंगीको पहिचान अनुसारकै राहदानी दिने व्यवस्था गर्न सरकारका नाममा आदेश दिएको हो ।

यसअघि गृहमन्त्रालयले समलिंगी तेश्रोलिंगीलाई पहिचान अनुसारको नागरिकता दिन परिपत्र जारी गरिसकेको छ । समलिंगी तेश्रोलिंगीलाई नागरिकतामा भएको पहिचान अनुसार राहदानी दिने व्यवस्था गर्न सरकारका नाममा सर्वोच्च दिएको आदेशको समाजका कार्यकारी निर्देशक सुनिलवावु पन्तले स्वागत गर्नु भएको छ । तेस्रो लिङ्गीको पहिचानबाट राहादानी जारी भए दक्षिण एसियामा नेपाल तेस्रो मुलुक हुनेछ।

 यसैबीच नील हिरा समाजकी मानवअधिकार विभाग प्रमूख भूमिका श्रेष्ठले छिट्टै पहिचान अनुसारको नागरिकता लिने बताउनु भएको छ । श्रेष्ठले भन्नुभयो गाविसको सिफारिस लिइसकेको छु, अव छिट्टै जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर पहिचान अनुसारको नागरिकता लिन्छु ।

By bluediamondsociety

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s