न्याय पाए भक्ति र दुर्गाले

न्याय पाए भक्ति र दुर्गाले

काठमाडौं, २० जेठ । जिल्ला अदालत काठमाडौंले समलिङ्गी पुनम रोक्काले निलहिरा समाजलाई विपक्षी बनाएर दायर गरेको रिटमा मागिएको क्षतिपूर्ति दिनु नपर्ने फैसला सुनाएको छ । न्यायाशीध चिन्तामणी बरालको सोमबारको एकल इजलासले समाजलाई विपक्षी बनाएर रिट दायर गर्ने समलिङ्गी महिला पुनम रोक्काले मागेको क्षतिपूर्ति दिनु नपर्ने फैसला गरेको हो ।

रोक्काले समाजबाट दशै पेश्की लगायत ७९ हजार रुपैया पाउनु पर्ने माग गर्दै जिल्ला अदालतमा रिट दायर गरेकि थिईन् । अदालतले समलिङ्गी रोक्काको रिटमा माग गरिएअनुसार क्षतिपूर्ति दिनु नपर्ने फैसला गरेको अधिवक्ता प्रेम थापाले जानकारी दिए ।  रोक्काले समाजबाट स्वेच्छाले जागिर छाडेको देखिएकाले उनको दावीलाइ अदालतले गलत ठहर गरेको थापाले बताए ।

पुनम रोक्का, बद्री पुन, जमिम लामा लगायतकले निलहिरा समाजमा अनियमितता भएको भनेर अख्तियारमा हालेको मुद्धाका कारण समाजको अहिले सम्म नवीकरण हुन सकेको छैन । समाजका कार्यकारी निर्देशक सुनिलवावु पन्तले समलिङ्गी तेश्रोलिङ्गीको मातृ संस्था समाजले न्याय पाएको प्रतिकृया दिए । पुनम रोक्काले भक्ती शाह र दुर्गा थापालाई यौन हिंसाको आरोप लगाएकी थिईन् ।  रोक्काले शाह र थापालाई गुण्डागर्दी शैलीमा घरमै गएर कुटपिट गरेपछि यसबारे निलहरा समाजले रोक्कासंग स्पष्टिकरण लिएको थियो ।

समाजकी मानवअधिकार विभाग प्रमूख भूमिका श्रेष्ठले समाज विरुद्ध अनर्गल प्रचार गर्नेहरुको भण्डाफोर हुदै गएको बताईन् । यस्तै यौन हिंसाको आरोप लागेका भक्ती शाह र दुर्गा थापाले ढिलै भएपनि आंफुहरुले न्याय पाएको प्रतिक्रिया दिए ।

By bluediamondsociety

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s