मुद्दा अग्राधिकारमा राख्न निलहिरा समाजको आग्रह

bds LOGO
नरेश फुयांल–काठमाडौं २४, बैशाख । यौनिक, लैङ्गिक तथा अल्पसंख्यकहरुको संस्था निलहिरा समाजले अल्पसंख्यक नागरिकको मुद्दालाई अग्राधिकारमा राख्न पुनरावेदन अदालत पाटनसंग आग्रह गरेको छ ।
समलिङ्गी तेश्रोलिङ्गीको मातृ संस्था समाजले पुनरावेदन अदालत पाटनमा निवेदन दिएर अल्पसंख्यक नागरिकको मुद्दालाई अग्राधिकारमा राख्न आग्रह गरेको अधिवक्ता प्रेमवहादुर थापाले जानकारी दिए ।
पुनरावेदन अदालतको नियमावलीमा जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ती, महिला र वालवालिकाको मुद्धालाई अग्राधिकार दिने ब्यवस्था भएपनि समलिङ्गी तेश्रोलिङ्गीलाई त्यो सुविधा नभएको भन्दै निवेदन दिएको थापाले बताए ।
राज्यले भरखरै मात्रै पहिचान सहितको नागरिकता दिन थालेको समलिङ्गी तेश्रोलिङ्गी समूदायको मुद्धालाई न्यायालयले अग्राधिकार दिनुपर्ने समाजका कार्यकारी निर्देशक सुनिलवावु पन्तको भनाई छ ।
निलहिरा समाज नविकरण नहुनुको कारण देखाउन माग गर्दै समाजले काठमाडौं जिल्लाका तत्कालिन प्रमुख जिल्ला अधिकार चुणामणी शर्मालाई विपक्षी बनाएर पुनराबेदन अदालत पाटनमा मुद्धा दायर गरेको छ । तर प्रत्येक हप्ता उक्त मुद्धाको पेशि सर्ने गरेपछि समाजले मुद्दा अग्राधिकारमा राख्न आग्रह गरेको हो ।

By bluediamondsociety

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s