समलिङ्गी तेश्रोलिङ्गीमाथि हुने हिंसा अपराध : राष्ट्रसंघ

काठमाडौं, बैशाख ३- संयुक्त राष्ट्रसंघको मानवअधिकार आयोगले विश्वभरनै समलिङ्गी /तेस्रो लिङ्गीमाथि हिंसा हुने गरेको बताएको छ ।

मानव अधिकार, यौनिक तथा लैङ्गिक पहिचान विषयमा ओस्लोमा सम्पन्न सम्मेलनले सार्वजनिक गरेको प्रतिवेदनले समलिङ्गी तेश्रोलिंगीहरुमाथि सार्वजनिक स्थलमा गम्भीर प्रकृतिको मानसिक तथा शारीरिक यातना हुने गरेको बताएको छ ।

तेस्रो लिंगी माथि हुने सम्पूर्ण हिंसालाई अपराधको संज्ञा दिएपनि अझै पनि उनीहरु डरको वातावरणमा बाँच्नु परिरहेको र आफ्नो पहिचान समेत लुकाउनु पर्ने स्थिति रहेको राष्ट्रसंघ मानवअधिकार आयोगको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै विश्वका केहि राष्ट्रले तेस्रो लिंगीका मानव अधिकार रक्षाका लागि उल्लेख्य कदमहरु चालेपनि अघिकांश देशमा उनीहरुमाथि हुने भेदभावविरुद्ध कानुनी व्यवस्थासमेत नभएको र सार्वजनिक स्थानमा उपस्थित हुन पनि बन्देज लगाइएको प्रतिवेदनमा उल्लेख छ ।

सम्मेलनले तेस्रो लिंगीका मानव अधिकार रक्षा तथा उनीहरुमाथि हुने हिंसा अन्त्यका लागि सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिएको छ ।

By bluediamondsociety

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s