नील हिरा समाज सहयोगका लागि सञ्चारकर्मीलाई आग्रह

Source: http://www.samajkhabar.com

काठमाडौं । यौनिक तथा लैङ्कि अल्पसंख्यकहरुको अधिकारका लागि सञ्चारमाध्यमहरुलाई सशक्त भूमिका निर्वाह गरिदिन यौनिक अल्पसंख्यकहरुको साझा संस्था निल हिरा समाजले आग्रह गरेको छ । विगत आठ महिना देखि आफ्नो संस्था नविकरण गर्न जिल्ल प्रशासन कार्यलयले आलटाल गरिरहेकाले यसमा समेत सहयोग गरिदिन सबैसामु आग्रह गरेको छ । संस्था नविकरण हुन नसक्दा आफूले चलाउदै आएको अभियान नै बन्द हुने अवस्था आएको भन्दै समाजले राजनीतिक दल, संचार माध्यम तथा समाजका हरेक तह र तप्कालाई नविकरणका लागि दवाव दिन आग्रह गरेको हो ।

निलहिरा समाजले सोमबार राजधानीमा आयोजना गरेको मिडिया सेमिनारमा बोल्दै निल हिरा समाजकी अध्यक्ष पिङ्की गुरुङले आफूहरुले समलिङ्गी तथा तेस्रो लिङ्गीहरुको अधिकारका लागि सञ्चालन गरेको अभियान रोकिदा असहजता बढेको बताइन् । उनले आफूहरुले सञ्चालन गरेको अभियान नै बन्द गर्ने नियतले काठमाडांै जिल्लाका प्रमुख जिल्ला अधिकारी चुणामणी शर्माले एक पछि अर्को अनावश्यक शर्त राखेर दुःख दिइरहेको भन्दै यस्तो अवस्थामा समाजले सबैको सहयोगको अपेक्षा गरेको बताईन् ।

संस्था नविकरण हुन नसक्दा आफुहरु मानसिक रुपमा समेत काम गर्न सक्ने अवस्थामा नरहेको गुरुङको भनाई छ । संस्थामा भ्रष्टाचार भएको आशंका भएपछि छानबीन शुरु गरेपछि दोषी ठहरिने डरले संस्थाबाट बाहिरिएकाले नै भ्रष्टाचारको आरोप लगाएका उनको दाबी छ । गुरुङले संस्था नविकरण नहुँदा देशभरका ५६ शहरमा रहेका शाखा कार्यालयमा कार्यरत ७ सय ५० जनाले प्रत्यक्ष रुपमा रोजगारी गुमाएका र संस्थामा आबद्ध भएका ५ लाख भन्दा बढी प्रभावित बनेको जानकारी दिईन् । समाजकि मानव अधिकार विभाग प्रमुख भुमिका श्रेष्ठले सरकारलाई वार्षिक एक करोडभन्दा बढी कर तिर्ने गरेको जानकारी दिदै सहयोग गर्नुपर्ने सरकारले नै दख दिएको गुनासो गरिन् ।
संस्थाका संस्थापक अध्यक्ष सुनिल बाबु पन्तले प्रमुख जिल्ला अधिकारी शर्माले भने अनुसार नै तत्कालिन ब्यबस्थापिका संसदबाट लिएको सुबिधा वापतको रकम फिर्ता गरिसकेको, उनका नाममा रहको नक्सा संस्थाका नाममा नामसारी गरिसकेको अवस्थामा पनि संस्था नविकरण नगरिनु आश्चर्य जनक रहको भन्दै उनले शर्माको नियत माथि नै प्रश्न गर्ने ठाउ रहेको बताईन् । उनले समाजले चलाँउदै आएका एचआईभि एड्स नियन्त्रण, रोजगार मूलक तथा जनचेतना मूलक कार्यक्रम बन्द भएका भन्दै त्यसलाई निरन्तरता दिन पनि संस्था नविकरण आवश्यक रहेको बताइन् ।

यस्तै समाजकै मानव अधिकार बिभागमा कार्यरत भक्ति शाहले पनि संस्था र संस्थाका केहि ब्यक्तिहरु माथि अनावश्यक तथा कपोकल्पित आरोप लगाएर सरकारले
समलिङ्गी तथा तेस्रो लिङ्गीहरुको अभियान नै बन्द गर्न खोजेर सरकारले मानव अधिकारको ठाडो उल्ंघन गरेको बताइन् । उनले संचार माध्यमहरुले सन्तुलित भएर समाचार लेख्नु पर्नेमा जोड दिईन् । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पत्रकार युवराज गौतमले आफनो लैङ्गिक पहिचान खुलाएर समाजमा भर्खर स्थापित हुन लागेको समुदायलाई अनावश्यक दुःख दिनु निन्दनिय रहेको बताए । उनले सत्य तथ्य छानविन गरेर संस्था नविकरणमा अवरोध गर्नुनहुने औंलाए ।
कार्यक्रममा पत्रकार माधव दुलाल, गोपाल बराइली लगायतले आफ्नो समुदायको अधिकारका लागि खुलेर आवाज उठाउन थालेको निलहिरा समाजको नविकरण हुनु पर्नेमा जोड दिएका छन् । उनिहरुले सरकारले सहयोग गर्नु पर्नेमा आँफैले दातृ निकायबाट सहयोग जुटाएर कार्यक्रम गर्दा समेत सरकारले अनाबश्यक दुःख दिनु उचित नहुने धारणा राखेका छन् ।

 

By bluediamondsociety

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s