पहिचान अनुसारको नागरिकता माग्दै तेश्रोलिङ्गी अजिता भुजेल

मकवानपुर, चैत ४ – तेश्रोलिङ्गी अजिता भुजेलले पहिचान अनुसारको नागरिकताको माग गर्दै निवेदन दिनु भएको छ । भुजेलले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा हेटौडा नगरपालिकाको सिफारिस र अन्य कागजपत्र पूरा गरी पहिचान अनुसारको नागरिकताको लागि निवदेन दिनु भएको हो ।गृहमन्त्रालयले २०६९ साल पुष १६ गते पहिचान अनुसारको नागरिकता दिन सबै जिल्ला प्रशासन कार्यालयहरुमा परिपत्र जारी गरेपछि समलिङ्गी तेश्रोलिङ्गीहरुले पहिचान अनुसारको नागरिकताका लागि प्रशासन कार्यालयमा निवेदन दिन थालिसकेका छन् । मकवानपुरका प्रमूख जिल्ला अधिकारी कमलकृष्ण रेग्मीले सबै प्रक्रिया पूरा गरेर आएमा महिला पुरुषलाई जस्तै सामान्य रुपमै पहिचान अनुसारको नागरिकता दिन सकिने बताउनु भएको छ ।

तेश्रोलिङ्गी अजिता भुजेलले हेटौडा नगरपाकिा वडा नम्वर ११ नवलपुरको वडा कार्यालयले अन्य भनेर नागरिकता दिन गरेको सिफारिस र बाँकी अरु कागजपत्र सहित प्रशासन कार्यालयमा सिफारिस गरेको बताउनु भएको छ । समलिङ्गीतेश्रोलिङ्गीहरुको मातृ संस्था नील हिरा समाजले सर्वोच्च अदालतमा पहिचान अनुसारको नागरिकता पाउन दायर गरेको रिटमा सर्वोच्चले २०६४ पुष ६ गते पहिचान अनुसारको नागरिकता दिन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो । यो आदेश गृहमन्त्रालयले परिपत्र जारी नगर्दा कार्यान्वयनमा आउन सकेको थिएन ।

गृहले सर्वोच्चको आदेश भएको ५ बर्ष पछि परिपत्र जारी गरेकाले समलिङ्गी तेश्रोलिङ्गीले पहिचान अनुसारको नागरिकता लिन थालेका छन् । यसअघि विष्णु अधिकारी, दिलु वुर्दुजा र चन्दा मुसलमानले पहिचान अनुसारको नागरिकता लिइसक्नु भएको छ । पहिलेनै पहिचान लुकाएर नागरिकता लिएकाहरुलाई भने अहिले गृहको परिपत्रले पहिचान अनुसारको नागरिकता लिन समस्या परेको नील हिरा समाजका कार्यकारी निर्देशक सुनिलवावु पन्तले बताउनु भएको छ ।

By bluediamondsociety

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s