तेश्रोलिङ्गीहरुका लागि शौचालय निर्माण

DSC09527

बर्दिया, चैत ३ – बर्दियाको गुलरिया तेश्रोलिङ्गीहरुका लागि शौचालय निर्माण भएको छ । गुलरिया नगरपालिकाको सहयोगमा गुलरिया बजारको राधा कृष्ण चौक नजिकै तेश्रोलिङ्गीहरुको शौचालय निर्माण भएको हो ।

नगरपालिकाको २ लाख रुपैयाँ सहयोगमा तेश्रोलिङ्गीहरुका लागि शौचालय निर्माण भएपछि आफूहरु खुशी भएको नील हिरा समाज बर्दिया शाखाका संयोजक अभिनाष चौधरी काजलले बताउनु भयो । आफूहरुको पहिचान अनुसारको शौचालय निर्माण भएको छ काजलले भन्नुभयो ः मलमुत्र त्याग्न महिला र पुरुषको शौचालयमा जानु पर्दैन ।

नील हिरा समाजले देशभरनै तेश्रोलिङ्गीहरुका लागि शौचालय निर्माण गर्न माग गर्दै आएको छ । समाजका कार्यकारी निर्देशक सुनिलवावु पन्तले शौचालय तेश्रोलिङ्गीहरुको लागि शौचालय निर्माण गरिदिएकोमा गुलरिया नगरपालिकालाई धन्यवाद दिनु भएको छ ।

यसअघि कहाँ बनेको थियो ?

नेपाल मै पहिलो सौचालयस् तेस्रो लिङ्गि र अन्यका लागिस् सभासद सुनिल बाबु पन्तको संसद बिकास कोषको रकम मद्धे केहि रकमवाट नेपालमै पहिलो सौचालयस् तेस्रो लिङ्गि वा “महिला वा पुरुष” भन्दा अन्य पहिचान भएका समूदायका लागि नेपालगञ्ज सहरको केन्द्र, बागेश्वरी पार्क, वउा नं। ३ मा, नगर पालिकाको अनुमति(सहयोगमा निर्माण कार्य पुरा भइसकेको छ। यस समलिङ्गि, तेस्रो लिङ्गि वा “अन्य” समूदायका लागि निर्मित सौचालयको विधिबत उदघाटन मा। सुनिल बाबु पन्त द्वारा यहि मंगलबार, १४ गते चैत्र २०६८ का दिन दिनको १ बजे हुने तय भएको छ, सथानस् नेपालगञ्ज, बागेश्वरी पार्क, वउा नं। ३ मा। सुनिल बाबु पन्तले, सिप मूलक तालिम ९बेकरि, दालमोट, मोटरसाइकल मर्मतस् नेपालगञ्ज तथा काठमाण्डौ०, सुधारिएको चुलो ९गोरखा०, सौचालय ९परिवारका लागि, गोरखा०, वाटर हारभेष्ट ९गोरखा०, सडक निर्माण ९गोरखा०, लगायतका परियोजनामा समेत संसद बिकास कोषको रकम सदुपयोग गरेका छन्।

By bluediamondsociety

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s