Occupy CDO: तेस्रो-लिंगी सत्याग्रह

काठमाण्डौ,फागुन २९ -समलिङ्गी तेस्रो लिङ्गीले नीलहीरा समाजको नवीकरणको माग गर्दै भोलिदेखि देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाण्डूले संस्थाको नवीकरण नगर्दा समलिङ्गी र तेस्रो लिङ्गीको रोजगारी गुमेको भन्दै उनीहरुले धर्नाको घोषणा गरेका हुन् । आवश्यक सबै प्रक्रिया पुरा गर्दा पनि जिल्ला प्रशासन कार्यालय काठमाण्डूले नवीकरण नगरेको समाजको गुनासो छ । समाजले लैङ्गिक हिंसा अन्त्य गर, तेश्रोलिङ्गीहरुको रोजीरोटीको व्यवस्था गर, हामीले पाएको रोजगारी बन्द नगर, नील हिरा समाजको नविकरण तुरुन्त गर जस्ता नारा तय गरेर धर्ना दिन लागिएको जनाएको छ । समाजले सम्पूर्ण पुरानो तर गलत नागरिकता लिन बाध्य तेश्रोलिङ्गीहरुको सहि पहिचानको नागरिकता पाउने व्यवस्था गर्न, तेश्रोलिङ्गीहरु माथि विनाकारण हुने धरपकड बन्द गर्न, स्थानीय निकायको चुनाव अविलम्व गर्न र दण्डहिनता अन्त्य गर्न पनि माग गरेको छ । नील हिरा समाजकी अध्यक्ष सजिव गुरुङ्ग पिंकीले संस्थाको नविकरण नहुँदा देशभर रहेका कर्मचारीको रोजीरोटि गुम्न लागेकोले आफूहरु गर या मरको अवस्थामा पुगेको बताउनुभयो । अध्यक्ष गुरुङले घर परिवार, समाज सबैबाट एक्लो भएका समलिङ्गी तेश्रोलिङ्गी आफ्नो अधिकार प्राप्तीका लागि मर्न समेत तयार रहेको बताउनु भयो ।

Occupy CDO: तेस्रो-लिँगि सत्याग्रह  (In Kathmandu we will join the Occupy Balwatar)

मागहरु:

लैंगिक हिंसा अन्तगर्,
तेस्रोलिंगिहरुको रोजी-रोटिको व्यबस्था गर्,
हामीले पाएको रोजगारि बन्द नगर्, नीलहिरा समाजको नविकरण तुरुन्त गर्,
संपुर्ण (पुरानो तर गलत नागरिकता लिन बाध्य) तेस्रोलिंगिहरुको सहि पहिचानको नागरिकता पाउने व्यवस्था तुरुन्त गर्,
तेस्रोलिंगिहरु माथि विनाकारण हुने धरपकड बन्दगर्,
स्थानिय निकायको निर्वाचन अविलम्व गर्,
दन्डहिनता अन्तगर्,

समय: १०-१२ बजे ( except 9-11 am in Kathmandu) ,…….हरेक दिन, माग पुरा नभए सम्म

स्थान: जिल्ला प्रसाशन कार्यालय
By bluediamondsociety

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s