Blue Diamond Society Chairperson and Activists Threatened

Blue Diamond Society Chairperson and Activists Threatened
Lalitpur/December 12
Bhumika Shrestha, a staff at Blue Diamond Society said that she, her colleague Swastika Lama and BDS chairperson Sunil Babu Pant have been receiving death threats.She added that she was constantly receiving threats from a mobile phone with number 981364109 since December 8 and filed a complaint at Hanumandhoka Police Station on December 12.She said that someone identifying him as Suman Maharjan of New Road was threatening her making it difficult for her to venture out.

Meanwhile, INSEC has issued a statement on December 12, saying that the state silence on the intimidation to the activists working for the rights of third gender people was unsuitable.

The statement signed by INSEC chairperson Subodh Raj Pyakurel has urged the state to assuming the responsibility of protection of the HRDs and to take legal action against the perpetrators.

Ramesh Prasad Timalsina

Posted on : 2012-12-12 21:01:10

नीलहिरा समाजका अध्यक्ष तथा कार्यकर्तालाई मार्ने धम्की
ललितपुर । मंसिर २७ गते
नीलहिरा समाजका अध्यक्ष सुनिलबाबु पन्त तथा कार्यकर्ताहरू भूमिका श्रेष्ठ र स्वस्तिका लामाले अज्ञात व्यक्तिहरूबाट केही समयदेखि मार्ने धम्की खेपिरहेको नीलहिरा समाजकी भूमिका श्रेष्ठले इन्सेक प्रतिनिधिलाई बताएकी छन् ।भूमिकाले ९८१३१६४१०९ नम्बरको मोबाइलबाट पटकपटक फोन गरी मार्ने धम्की आउने गरेको बताइन् । मंसिर २३ गतेदेखि लगातार त्यस्तो धम्की खेप्नुपरेको भन्दै मंसिर २७ गते प्रहरी कार्यालय हनुमानढोकामा उजूरीसमेत गरेकी छन् ।काठमाडौंको न्युरोड बस्ने र सुमन महर्जन नाम बताउने अपरिचित व्यक्तिबाट आएको धम्कीका कारण हिँडडुल गर्नसमेत डर भएको श्रेष्ठको भनाइ छ । यसैबीच उक्त घटनाको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ०६९ मंसीर २७ गते एक विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘नेपालका यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूका अधिकारका लागि क्रियाशील नीलहिरा समाज तथा त्यसका अध्यक्ष र कार्यकर्तामाथि भएको धम्कीका घटनामा राज्यले देखाएको मौनता असुहाउँदिलो छ ।’-इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

‘मानिसको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षण गर्नु राज्यको दायित्व हो । अझ मानवअधिकार रक्षकको सुरक्षा राज्यको विशेष जिम्मेवारीमा पर्दछ । मानवअधिकार रक्षकमाथि भएका यस्ता घटनाका दोषीलाई यथाशीघ्र कानुनी कारबाहीको दायरामा ल्याउन हामी नेपाल सरकारसँग आग्रह गर्दछौँ ।’ विज्ञप्तीमा उल्लेख छ ।

रमेशप्रसाद तिमल्सिना

Posted on : 2012-12-12 19:52:10
By bluediamondsociety

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s