Archive by Author
Gallery

International Day against Homophobia and Transphobia 2013 Glimpse

20 May

This slideshow requires JavaScript.

समलिङ्गी तेश्रोलिङ्गीलाई सहयोग गर्न बेलायत तयार

20 May

नरेश फुयांल ।  जेठ ४- नेपालका लागि बेलायती कार्यबहाक राजदुत गाह्य ह्यारिसनले समलिङ्गी तेश्रोलिङ्गीको अधिकार प्राप्तीका लागि बेलायत सरकार जस्तो सुकै सहयोग गर्न तयार रहेको बताएका छन् । समलिङ्गी तेश्रोलिङ्गी घृणा बिरुद्धको अन्तराष्ट्रिय दिबसका अबसरमा शुक्रबार निलहिरा समाज र बेलायतको झण्डा संयुक्त रुपमा दुताबास परिसरमा झण्डोत्तलन गर्दै राजदुत ह्यारिसनले बेलायतले नेपालको अरु क्षेत्रमा सहयोग गरे जस्तै समलिङ्गी तेश्रो लिङ्गीको अधिकार र जिवन यापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । Continue reading 

समलिङ्गी तेश्रोलिङ्गी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइयो

20 May

bds LOGO

 भवानी घिमिरे/ पहिचान, काठमाडौ जेठ ३ -समलिङ्गी तेश्रोलिङ्गी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइरहेँदा एक व्यक्तीको अभाव खड्किन पुग्यो । जो समलिङ्गी तेश्रोलिङ्गी व्यक्तीले अधिकार पाउनु पर्छ भनेर अन्तराष्ट्रिय स्तरमा वकालत गर्दै आउनु भएको छ । जो दक्षिण एसियाकै अभियन्ता समेत हुनुहुन्छ । उहाँको सल्लाह सुझाव अनुसार नेपालमा समलिङ्गी तेश्रोलिङ्गी घृणा विरुद्धको दिवस मनाइएको छ । उहाँ को हुनुहुन्छ र यति वेला कहाँ हुनुहुन्छ भन्ने कल्पना धेरैले गरेका होलान । तर धेरै मध्येका पनि केहीले उहाँको नाम दिए । जो यो विश्वमा पहिचान पाउनु पर्छ भनेर वकालत गर्ने नेपालका पहिलो व्यक्ती हुनुहुन्छ । Continue reading 

International Day against Homophobia and Transphobia marked

20 May
REPUBLICA

KATHMANDU, May 17:Rights activists and members of Blue Diamond Society, a gay rights group, marked the International Day against Homophobia and Transphobia (IDAHO) on Friday by organizing various functions.

The day is celebrated across the world in the memory of the day, May 17 when the WHO had decided to remove homosexuality from its list of mental disorders in 1990, according to Sunil Babu Pant, president of the Society. Organizations such as the International Lesbian and Gay Association (ILGA), the International Gay and Lesbian Human Rights Commission (IGLHRC), the World Congress of GLBT Jews, and the Coalition of African Lesbians had signed an appeal to support the IDAHO initiatives, according to Pant. Continue reading 

Why do we need IDAHO?

16 May

Friday 17th May,2013 is International Day Against Homophobia, Biphobia and Transphobia – commonly known as IDAHO. There are events happening all across the globe –  So, why is IDAHO so important? The answer is frighteningly simple. Today, LGB&T people are still being discriminated against, bullied, beaten and even killed, simply because of who they are.

On a global scale, IDAHO is important because 78 countries and 6 entities still criminalise consensual same sex among adults with sentences ranging from fines to life imprisonment. Among those countries, 5 (as well as parts of Nigeria and Somalia) have legal provisions with the death penalty as punishment.

We want to ensure that people aren’t discriminated against for any reason, and raising awareness of the discrimination that our communities face both here and abroad will result in more people being aware of the challenges and be part of the positive change that we all want to see.

There are lots of ways you can pledge your support to end homophobia.

IDAHO 2013

16 May

 “May 17th is symbolic due to its significance in the improvement of the status of gays and lesbians rights. IDAHO proposed this date for annually holding a day set aside to fight against homophobia. Borne out of the International Conference on LGBT Community Human Rights held in Montréal from July 26 to 29, 2006, prior to the opening of the first World Out games, the Declaration of Montréal included a recommendation to have an International Day Against Homophobia on May 17  every year. The World Health Organization (WHO) put an end to over a century of homophobia from its lists of diseases, telling the world that Homosexuality is not any kind of disease but normal yet different sexuality preference which was later  recognized internationally.”

To mark difference and to bring wider community in the limelight, with difference, this time the organization is celebrating 17th of May with different programs across Nepal.

 On the same day, we are organizing various programs in Kathmandu at National Theater at Jamal highlighting the issues of LGBTI in Nepal. The program is scheduled at 2 PM. on-wards.

BDS would be extremely grateful if you can make it to the occasion and be a part of our celebration.

Your presence will be highly appreciated.

समलिङ्गी तेश्रोलिङ्गी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवस

15 May

images (1)

भवानी घिमिरे, काठमाडौं बैशाख ३१ -समलिङ्गी तेश्रोलिङ्गी घृणा विरुद्धको दिवस विभिन्न कार्यक्रमका साथ मनाइने भएको छ । समलिङ्गी तेश्रोलिङ्गीको मातृ संस्था नील हिरा समाजले मे १७ तारिखका दिन विभिन्न कार्यक्रम गरेर दिवस मनाउने तयारी गरिरहेको छ । नेपाल सहित विश्वका १४ देशमा सन् २००६ अर्थात २०६३ सालदेखि समलिङ्गी तेश्रोलिङ्गी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवस मनाउन शुरु भएको हो । Continue reading 

समलिंगी तेश्रोलिंगीले राजनीतिक दल खोल्ने

14 May

काठमाडौं, बैशाख ३० – अधिकार प्राप्तीको अभियान सञ्चालन गरिरहेका समलिंगी तेश्रोलिंगी समूदायले अन्ततः राजनीतिक दल खोल्ने भएका छन् ।

देशभरका समलिंगी तेश्रोलिंगीको काठमाडौंमा भएको राष्ट्रिय भेलाले पूर्व सभासद सुनिलवावु पन्तको अध्यक्षतामा दल खोल्ने निर्णय गरेको छ ।

दलको नाम शान्ति, वातावरण र विकास पार्टी रहनेछ । Continue reading 

देउवालाई भेटेर के भने समलिंगी/ तेश्रोलिंगीले ?

13 May

sher

विष्णु अधिकारी काठमाडौं, बैशाख २६- मलिंगी तेश्रोलिंगीको मातृ संस्था नील हिरा समाजले संविधानसभा चुनावमा समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व सुनिश्चित गर्न दलहरुसँग आग्रह गरेको छ ।

समाजले विहिवार नेपाली काँग्रेसका वरिष्ट नेता शेरवहादुर देउवालाई भेटेर चुनावमा समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व सुनिश्चितताको पहल गर्न आग्रह गरेको हो ।

समाजका कार्यकारी निर्देशक सुनिलवावु पन्त, उपकार्यकारी निर्देशक मनिषा ढकाल, तेश्रोलिंगी मानवअधिकारकर्मी भूमिका श्रेष्ठ सहित देउवा निवास पुगेको समाजको टोलीले संविधानसभा चुनाव मार्फत बन्ने संविधानसभामा समलिङ्गी तेश्रोलिंगीको प्रतिनिधित्व, पार्टीको केन्द्रीय समिति लगायतका निकायको नेतृत्व तहमा सहभागिता गराउने पहल गर्न देउवासँग माग गरेको हो । समाजका कार्यकारी निर्देशक पन्तले अवको संविधानसभा चुनावमा समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व सुनिश्चित हुनेगरी निर्वाचन ऐनमै व्यवस्था गर्न पहल गरिदिन आग्रह गर्नुभयो ।

समाजकी उपकार्यकारी निर्देशक मनिषा ढकालले राज्यका निकायले गरिरहेको पूर्वाग्रही सोच अन्त्यका लागि पहल गरिदिन आग्रह गर्नुभयो । तेश्रोलिंगी मानवअधिकारकर्मी भूमिका श्रेष्ठले समलिंगी तेश्रोलिंगीको अधिकारबारे काँग्रेसले सहयोग गर्नुपर्ने बताउनु भयो ।

तेश्रोलिंगी भक्ती शाहले समाजको नविकरणमा प्रशासनले आलटाल गरेकाले न्यायका लागि अदालत पुगेपनि अदालतले फैसला नसुनाउँदा अधिकार प्राप्तीको अभियाननै रोकिन पुगेको बताउनु भयो ।

काँग्रेस वरिष्ठ नेता शेरवहादुर देउवाले समलिंगी तेश्रोलिंगीलाई पार्टीमा उचित स्थान दिन आफूले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनु भयो ।

देउवाले निर्वाचन ऐनमा समलिंगी तेश्रोलिंगीको व्यवस्था प्रष्ट रुपमा उल्लेख गर्न पनि पहल गर्ने प्रतिवद्धता जनाउनु भयो । समलिंगी तेश्रोलिंगीको समस्या समाधानका लागि देउवाले सम्वन्धित निकायलाई झकझक्याउने आश्वासन पनि दिनु भएको छ ।

महिनाको सय रुपैयाँ बचत गर्दै एकता बचत समूह

13 May

Yekata

कैलाली, बैशाख २५- धनगढी नगरपालिकामा समलिङ्गी तेश्रोलिङ्गीको हक अधिकारबारे वकालत गर्दै आएको एकता नेपालले एकता बचत समूह गठन गरेको छ । समलिङ्गी तेश्रोलिङ्गीको आर्थिक समस्या समाधान गर्न स्थापना भएको एकता बचत समूहले सदस्यहरुबाट महिनाको एक सय रुपैयाँ बचत गरिरहेको छ । समूहले अहिले सम्म २५ हजार रुपैयाँ लगानी गरिसकेको छ । एकता नेपालको बचत समूहको कार्य समिति अध्यक्षमा ममता सिके, सचिवमा राज चौधरी, कोषाध्याक्षमा दुर्गा थापालाई चयन गरेको छ । एकता बचत समूहको कार्य समितिमा २१ जना सदस्या रहेका छ ।

Follow

Get every new post delivered to your Inbox.

Join 249 other followers